पाँचपोखरि मेलाको तयारी पूरा


रुपक पुरी
लोकप्रिय समाचार
धार्मिक ,एेतिहासिक एवं सास्कृतिक पर्यटकिय क्षेत्र पाँचपोखरि मेलाको तयारि पूरा भएको  छ । पाँचपोखरिमा सबैभन्दा ठुलो मेला जनैपुर्णिमामा लाग्ने गर्दछ ।

जनैपुर्णिमामा लाग्ने मेलामा आउने भक्तजनको सुविधा  र सरसफाइलाई मध्यनजर राखि एक होटल एक सौचालय र एक  डस्विन अनिवार्य राख्नुपर्ने नियम वनाइएको  पाँचपोखरि थाङपाल गाउपालिका (३ भोताङका वडाअध्यक्ष निमछिरिङ तामाङले वताउनुभयो ।
होटलमा एक छाक सादा खाना र एक रात सुतेको वढिमा ८ सय मात्रै  लिन पाउने निर्णय  होटल ब्यवसायि तथा स्थानियवासिको उपस्थितिमा  वडा भेलाले निर्णय गरेको छ ।
पाँचपोखरिमा तलबभत्तामा पुजारी नियुक्ति गरिएको वडाअध्यक्ष तामाङले वताउनुभयो । ४५ हजारमा नियुक्त  भएका पुजारिमा लामथेवा लामा, ङहेमा लामा र कान्छा लामा रहनुभएको छ ।जिन्सि सामानहरु दर्ता  गरेर मात्रै  मन्दिरमा चढाउनुपर्ने नियम वनाइएको छ । तामाङका अनुसार वडा भेलाले पाँचपोखरि सम्रक्षणको लागि नगद तथा जिन्सि खाता खोल्ने , हातहतियार , मासु, लसुन, म्युजिक सिस्टम निषेध  गरेको छ ।
पर्यटन प्रवर्द्धनका लागि तेस्रो पाँचपोखरि ट्रेल हाफ म्याराथान साउन ३० गते हुने भएको  छ । सिन्धुपाल्चोकको पर्यटन प्रवर्दनका लागि पुर्व कानुनमन्त्रि शेरबहादुर तामाङ  म्याराथानमा भाग लिदै हनुहुन्छ ।
यसवर्ष १ सय ५५ जना म्याराथान धावकहरुको सहभागिता रहने छ । गतवर्ष  यस प्रतियोगिताको उपाधि जुम्लाका  धिरज बुढा र प्युठानकि भुमि वुढामगरले जितेका थिए ।

, ,