भूउपग्रह सम्बन्धी छलफल


लोकप्रिय समाचार
काठमाण्डौ नेपालको भुउपग्रह निती सम्बन्धी २०७६ को मस्यौदा उपर सरोकारवालाहरुसँग छलफल कार्यक्रम  भएको छ । नेपालको आफ्नै भूउपग्रहको स्थापना, सञ्चालन तथा उपयोग गरी विकासको बहुआयामिक क्षेत्रहरुमा योगदान पु¥याउने लक्ष्यका साथ तयार गरिएको नेपालको भूउपग्रह नीति, २०७६ को मस्यौदा  सम्बन्धी सरोकारवालाहरुसँग बुधबार छलफल भएको हो ।

माननीय सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद बाँस्कोटाको उपस्थितिमा सरोकारवालाहरुसँग छलफल  भएको मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले  जानकारी दिनु भएको छ । उँहाका अनुसार छलफल कार्यक्रममा माननीय मन्त्री बास्कोटाले नीति सरल  र संक्षिप्त हुनुपर्ने र त्यस्ता नीतिहरुले राष्ट्रिय लक्ष्य र प्राथमिकतालाई ग्रहण गरी अगाडि बढ्नुपर्ने बताउँनु भयो । सोही अवसरमा उहाँले नीतिलाई प्रशासनिक आँखाले मात्रै नहेरी विज्ञहरुलाई समेट्दै सबैको व्यवहारिक ज्ञानको उपयोग गर्न र नेपालको भूउपग्रह दूरसञ्चार, सूचना प्रविधि, नागरिक उड्डायन, व्यवसायीक प्रयोजन लगायत उद्दार र राहत जस्ता मानवीय हितका कार्यमा समेत उपयोग गरिने कुरामा जोड दिनुभयो । छलफल कार्यक्रममा नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका डा. नन्द विक्रम अधिकारीले भूउपग्रह नीतिको सट्टा राष्ट्रिय अन्तरीक्ष नीति नामाकरण गर्न उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो । साथै विभिन्न सरोकार मन्त्रालय, काठमाडौं विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट), नेपाल टेलिकम, रेडियो नेपाल, डिस हो । म लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुले  मस्यौदा माथि आ आफ्नो धारणा तथा सुझाव राख्नु भएको थियो ।