गैरे ले देखाएको बाटोमा हिड्न सके समाजको बिकास हुने ः रायमाझी


लोकप्रियसमचार  , पूर्वउपप्रधान मन्त्री तथा नेकपाका स्थायी समितीका सदस्य एवम् यूवा तथा खेलकुद बिभाग प्रमुख टोपबहादुर रायमाझीले रुक्मागत गैरेले देखाएको बाटोमा हिडन सके समाजको बिकास गर्न कुनै समस्या नपर्ने बताउँनु भएको छ । उाहाले अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जी निवासी स्व रुक्मागत गैरेको ४५ दिनको पुण्य तिथिमा शनीबार काठमाण्डौमा आयोजना गरिएको  श्रद्वाञ्जली सभा मा बोल्दै यस्तो बताउँनु भएको हो ।उँहाले श्रद्वाञ्जली सभामा स्व गैरेको परिवारलाई समवेदना व्यक्त गदै उहाँको फोटोमा माल्यापर्ण गर्नुभयो ।


रायमाझीले स्व रुक्मागत गैरे राजनीति संगै समाज सेवामा समेत कृयाशिल रहदै आएको बताउनु हुँदै  स्व गैरेले आफनो क्षमता अनुसार समाजमा ठुलो योगदान दिएर गएको  उँहाको  निधनले  अर्घाखाँची जिल्ला संगै देशको लागी ठुलो क्षती भएको बताउनु भयो । उहाँ मरेर गए पनि समाजमा ठूलै छाप छोडेर गएको बताउँदै हामी बाँचेकाहरुले उहाँको योदानलाई सम्झीरहने त्यहि नै महत्वपूर्ण श्रद्दाञ्जली गरेको सार्थकता रहने बताउनु भयो ।सोही कार्यक्रममै नेता रायमाझीले १० बर्षको जनयूद्व र २०६२—०६३ को जनआन्दोलन बाट प्राप्त भएको उपलब्धी कसैको धम्की र हिंसाले उल्टन नसक्ने बताउनु भयो । पूर्वउपप्रधान मन्त्री समेत रहनु भएका रायमाझीले बिप्लब समूहलाई लक्षित गर्दै हिंसा, हत्याको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन आग्रह गर्नु भयो ।

नेकपाका प्रभावशाली नेता डिलाराम आचार्यले स्वर्गीय रुक्मागत गैरेको निधनले समाज र देशको लागी नै ठुलो क्षती भएको भन्दै उहाँले समाजमा देखाएको योगदानको अनुसरण गरेर अगाडी बढन जरुरी रहेको बताउनु भयो । नेता आचार्यले भुमिगत कालमा स्वर्गीय गैरेले हामीलाई बिभिन्न पटक सल्लाह सुझाब संगै सेल्टर दिएको स्मरण गराउनु भयो ।

नेकपा कै नेता लक्ष्मण रायमाझीले परिबारमा सम्बेदना व्यक्त गर्दै शोकलाई शक्तिमा बदल्र्दै अघि बढ्नु पर्ने बताउनु भयो । नेता रायमाझीले आफुहरुले राजनीति संगठन बिस्तारको क्रममा उहाँले बिभिन्न कठिनाई आउँदा सहजीकरणको वातावरण निर्माण गरेको स्मरण समेत गर्नु भयो ।


श्रद्वाञ्जली सभा कार्यक्रमको सभापतित्व गर्नु भएका स्वर्गीय गैरेका कान्छो भाई विनाराम गैरेले दाईको निधनले परिवारमा परेको शोकलाई शक्तिमा बदल्ने प्रण गर्दै अगाडी बढने बताउनु भयो । उहाँले दाईको निधनबाट समाजमा ठुलो क्षती पुगेको बताउनु भयो ।श्रद्वाञ्जली सभा कार्यक्रमको संचालन कृष्णप्रसाद गैरेले गर्नु भएको थियो ।