लोकमार्ग निर्माणको काममा चरम लापरवाही आयोजना प्रमुखलाई गराइयो ध्यानाकर्षण


अशोक पराजुली÷भिमटारसिन्धुपाल्चोक
           मध्य पहाडी लोकमार्गको बिस्तारका क्रममा सडक खनेर फालिएको माटोले सिन्धुपाल्चोकका स्थानिय बस्ती तथा खेतीयोग्य जमिनमा ठुलो क्षति पु्याएपछि लाकमार्ग आयोजना कार्यालयलाई ध्यानाकर्षण गराइएको छ ।

सडक खन्ने क्रममा फालिएको माटो बर्षासँगै बगेर स्थानिय किसानहरुको सयौँ रोपनी खेतियोग्य जमिन र लगाइएको धान समेत नष्ट भएको छ । साउन २५ गते परेको अविरल वर्षाका कारण लोकमार्गको ऐक्लेवेसीमा पसेको भलले ९ घरमा क्षति पु्याएको वडा अध्यक्ष सुशिल बहादुर माझिले बताउनुभयो । त्यस्तै ठाउँ ठाउँमा खेती लगाइएको जमिन पुरिएको छ ।
आइतवार चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ्गको नेतृत्वमा स्थलगत अनुगमन गरी आयोजना कार्यालय धुलिखेलका प्रमुख विजय चापाँगाईको ध्यानाकर्षण गराइएको वडा सदस्य दधिराम पराजुलीले बताउनुभयो । मेयर तामाङ्गले लोकमार्ग विस्तार गर्दा नगरपालिका सँग समन्वय नगरिनु, जनताले पटक पटक गुनासो गर्दा पनि गुनासो सम्बोधन नगर्नु ठेकेदार र आयोजना कार्यालयको कमजोरी भएको बताउनुभयो । उहाँले सडक विस्तार गर्दा न्युनतम मापदण्ड पनि ख्याल नगरी जनताको खेतीयोग्य जमिन नोक्सानी पु्याएकोले क्षतिपुर्ति दिन माग गर्नुभयो ।
मध्य पहाडी लोकमार्ग आयोजना धुलिखेल कार्यालयका प्रमुख विजय चापाँगाईले काम गर्ने क्रममा केही गल्ती कमजोरी भएको स्वीकार गर्दै आयोजनाले गर्न सक्ने काम गर्ने र ठेकेदार पक्षलाई समेत सचेत गराउने बताउनुभयो ।
अनुगमन पछि भएको छलफलमा स्थानियले उठाएका समस्या समाधान गर्नका लागि १२ बँुदामा सहमति गरिएको छ । नगर प्रमुख तामाङ्गले सहमती अनुसार काम गर्न आयोजना र ठेकेदार कम्पनी गोल्डेन ग्रुपलाई ध्यानाकर्षण गराउनुभएको छ । अनुगमनमा नगर प्रमुख अमान सिं तामाङ्ग, वडा नं ११ का वडा अध्यक्ष सुशिल ब. माझि, नगर सल्लाहकार चन्द्र सापकोटा, वडा नं ५ का वडा अध्यक्ष नरमान श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष विष्णु तामाङ्ग, वडा नं १४ का वडा अध्यक्ष शेर ब. श्रेष्ठ, वडा नं ११ का वडा सदस्य दधिराम पराजुली लगाएतको सहभागिता रहेको थियो ।

, , , ,