नेपाली काँग्रेसद्धारा पत्रकारलाइ आतंकीत नबनाउँन अनुरोघ
लोकप्रिय समचार नेपाली काँग्रेसले पत्रकारहरुलाइ कुनै पनी बहानामा आतंकीत नबनाउँन अनुरोध गरेको छ ।काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडद्धारा शुक्रबार जारी बिज्ञेप्तीमा भनीएको छ ।स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारशिला हो । लोकतान्त्रिक संविधानको मर्म र भावना विपरित स्वतन्त्र पत्रकारितालाई कुण्ठित गर्ने, पत्रकारहरु माथि प्रहार गर्ने, सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई विना कारण निश्कासन गर्ने र पत्रकारीताको माध्यमबाट जनताका विचारलाई सम्प्रेषण गर्ने पत्रकारहरुलाई तर्साउने एवं आतंकित बनाउने वर्तमान सरकारको क्रियाकलाप प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ ।