पाँचपोखरिमा स्थनपान सप्ताह मनाइयो


रुपक पुरी
लोकप्रिय समाचार
आमा बुवाको सक्षमता, स्तनपानको सफलता भन्ने मुल नाराका साथ २७ औ स्तनपान सप्ताह २०१९ अगष्ट १ देखि ७ सम्म पाँचपोखरि थाङपाल गाउपालिकामा विभिन्न कार्यक्रम  गरि मनाइएको छ ।

गाउँपालिकामा रहेका ८ वटा वडामा रहेका स्वास्थ्य चौकि र स्वास्थ्य  स्वयमसेविकाहरुले स्तनपानको महत्वको वारेमा जनचेतना मुलक जानकारिहरु , हाजिरिजवाफ, र्यालिसहित स्तनपान सप्ताह मनाएको गाउपालिका स्वास्थ्य  सम्योजक आत्मराम धितालले बताउनुभयो । शिशु जन्मेको ६ महिना सम्म पुर्ण स्तनपान तथा २ वर्ष सम्म नियमित स्तनपानको प्रयोगलाइ उच्चतम महत्त्व  दिदै कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य सम्योजक धितालले जानकारि दिनुभएको छ ।
स्तनपान सप्ताहको अवसर पारेर भोटेनाम्लाङ स्वास्थ्य चौकिमा सुनौलो  १००० दिन भित्रका स्वास्थ्य  आमा समुहबिच हाजिरि जवाफ प्रतियोगिता गरि पुरस्कार वितरण गरिएको स्वास्थ्य चौकिको प्रतिनिधि गमला गिरि सिलवालले जानकारी दिनुभयो ।
थाङपालधाप, थाङपालकोट , भोताङ, वासखर्क , वरुवा र लागर्चेमा अन्तर्क्रिया कार्यक्रम  सम्पन भएको  छ । गुन्सामा र्यालिको आयोजना गरिएको  स्वास्थ्य  चौकि इन्चार्ज अनुप खड्काले वताउनुभयो ।
स्थनपान सप्ताहको अवसर पारेर टुकि र सुआहारा र फेज नेपालले पनि गाउपालिका भित्र  रहेका स्वास्थ्य  आमा समुहमा स्थनपानको महत्त्ववारे जानकारि दिनुका साथै  स्वास्थ्य  चौकिले गरेको कार्यक्रममा प्राविधिक सहयोग गरेको  सुआहाराका फिल्ड  सुपरभाइजर  चोकनाथ आचार्यले वताउनुभयो ।

, ,