श्री छाप देउरालीको अन्र्तक्रिया

लोकप्रिय समाचार
संघियतामा  सामुदायिक वन उपभोक्ता समुह र स्थानीय सरकार बिच अनुकरणीय सहकार्यको खोजी विषयक अन्तर कार्यक्रम ठुलो सिरुवारीमा भएको छ ।
ईन्लिफ्ट परियोजना सिन्धुपाल्चोकको व्यवस्थापनमा उक्त कार्यक्रम गरिएको थियो ।चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिहं तामाङ्गको  प्रमुख  अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।ईन्लिफ्टका तर्फबाट मणिराम बञ्जाडेले अन्तरक्रियाका  आवश्यकताका बारेमा प्रष्ट पार्नु भएको  थियो भने कमल भण्डारीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।


श्रीछाप देउराली सामुदायिक वन उपभोक्ता समूह द्वारा आयोजना गरिएको कार्यक्रमको सञ्चालन उपभोक्ता समितिका सचिव अर्जुन गहतराज ले गर्नु भएको थियो।  श्रीछाप देउराली सामुदायिक वन उपभोक्ता समितीको सभाहलमा अध्यक्ष दयालक्ष्मी श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको हो।
कार्यक्रममा प्रमुख अतिथीका आसनबाट बोल्दै चौ.सा.नगरपालिकका प्रमुख अमानसिंह तामाङ्गले स्थानीय विकासका लागी  स्थानीय रोजगारको व्यवस्था  गर्नुपर्ने बताउँदै  वन विनास गरेर कसैलाई फाइदा नहुने बताउनु भयो।
स्थानीय स्तरमा रहेको काठ दाउराको सदुपयोग गर्नु र त्यसबाट  आवश्यक सामाग्री उत्पादन गरेर बिक्री वितरण गर्न सकेमात्र  त्यसबाट पनि रोजगारको लागि सहज हुने बताउनु भयो।
उहाँले चौ.सा.नगरपालिका भित्र आगामी वर्ष तरकारी पकेट क्षेत्रको निर्माण गरि गाउँमा उत्पादन भएको तरकारीलाई नगरपालिकाले बजारको व्यवस्था गर्ने बताउनु भयो ।
उहाँले अब हरेक किसानले वन्यजन्तुले दुःख नदिने  र वन्य जन्तुले नखाने खेती गरेर उत्पादनमुलक काममा लाग्न पर्ने बताउनु भयो ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा न १३ का वडाअध्यक्ष राम प्रसाद गौतमले  सरकारले नागिरकलाई दिएको संविधानलाई स्थानीय  स्तरमा  शत प्रतिशत पुग्न पर्ने बताउनु भयो ।
उँहाले जहाँ वनको विकास हुन्छ त्यहाँ हावापानी स्वच्छ हुन्छ भन्नुहुँदै वन विकासका लागी सबै मिलेर अगाडी बढ्न पर्ने बताउनु भयो। कार्यक्रममा विभिन्न वन उपभोक्ता समितीका पदाधिकारीहरुले  सरकारले लागू गरेको कर व्यावहारिक नभएको भन्दै आआफ्ना भनाइ राख्नुभएको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष श्रेष्ठले गाँउ–गाँउमा अधिकार आएको भन्ने तर व्यवहारमा चाहीँ तिन ठाउँमा कर उठाएर  काठ व्यवसायीलाई मारमा पारेको बताउनु भयो ।

, ,