जिल्ला प्रहरी कार्यलयको राजस्वमा डेढकरोड
जिल्ला प्रहरीकार्यलयका प्रमुख प्रहरी उपरिक्षक मुकुन्द मरासिनी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा आउँनु भए पछी उँहाको नेतृत्वमा हाल सम्म गरिएको कार्यहरुको बारेमा जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले उपलब्ध गराएको सारश बिबरण अनुसार उक्त रकम जम्मा भएको जनाइएको छ । जिल्लाको शान्ती सुरक्षा मजबुत हुनुका साथै अपराध अनुसन्धानका क्षेत्रमा प्रहरीको दक्षता र व्यबसायिकता उत्कृष्ट रुपमा झल्कन सफल भएको छ ।
मरासिनी सिन्धुपाल्चोकमा आएपछी जिल्लामा रहस्यमयी घटनाका रुपमा रहेका घटनाहरुको सिन्धुपाल्चोक वलेफी गाँउपालिका वडा न. ५ चौहत्तर किलो स्थित अरनिको राजमार्ग नजिक माथिल्लो गोरेटो वाटोमा सुन विक्री गर्ने वरवहाना बनाई १० लाख रकम ठग्ने ४ जना ब्यक्तिहरुलाई पक्राउ गरी कानूनको दायरामा ल्याईएको छ २०६९मघ१६ गते साबीक सि.पा. लिस्ती गा.बि.स. वडा नं. ५ बस्ने बर्ष ५६ को भक्त बहादुर प्रधान र निजको श्रीमती मान कुमारी प्रधानलाई कर्तब्य गरी मारेको घटनामा फरार रहेका व्यक्तिलाई पक्राउ गरी कानूनको दायरामा ल्याईएको, सिन्धुपाल्चोक साविक ज्यामिरे गा.वि.स. वडा नं. ९ हाल मे.न.पा. ९ बस्ने बर्ष ४१ नवराज थापाको बिभत्स रुपमा मृत लाश फेला परेको घटनामा संलग्न २ जना व्यक्तिहरुलाई पक्राउ गरी गरी कानूनको दायरामा ल्याउन र जिल्ला विभिन्न बहानामा सर्वसाधारणलाई आतंकित र अशान्ति मच्चाउने २१ जना ने.क.पा. (बिप्लव) का नेता तथा कार्यकर्तालाई पक्राउ गरी कानूनी दायरामा ल्याई सफल अनुसन्धान भएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक माधब प्रसाद काफ्ले ले जानकारी दिनु भयो । उँहाका अनुसारजिल्लामा बिभिन्न समयमा अवैध रुपमा तयार गरिएका २५७० लिटर र कच्चा पदार्थ १४०० के.जी. मादक पदार्थ नष्ट , १०५८ रोपनिमा अवैध रुपमा लगाएको गाँजा २४९६६ बोट नष्ट गरीएकाछ ।
समुदाय प्रहरी साझेदारी अवधारणालाई सफल तथा जिवन्त बनाउन ३२८ वटा सामुदायिक कार्यक्रम, १२ वटा सार्वजनिक सुनुवाई कार्यक्रम, ४५ वटा जनचेतना मूलक कार्यक्रम, २२८ विभिन्न समिति गठन, जिल्लाका ५३ धार्मीक तथा सार्वजनिक स्थलमा सरसफाई कार्यक्रमहरु गरीएकोछ । जिल्लाभरका प्रहरी कार्यालयहरु तथा प्रवन्ध लगायत विभिन्न शाखाहरुको नियमित निरीक्षण र अनुगमन गरी छुपटफुट तथा प्राप्त सामाग्रीहरुलाई आम्दानीको दायरामा ल्याईएको तथा हरेक कार्यलाई पारदर्शी बनाईएको छ।प्रहरी नियन्त्रण कक्ष, व्यारेक लगायत प्रहरी कार्यालयलाई थप स्तर उन्नति गरी कार्यरत कर्मचारीहरुको दैनिक कार्य सम्पादनमा वृद्दि गरिएको साथै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरष्कृत गरी मनोवल उच्च बनाई कार्यसम्पादन प्रभावकारी बनाएको, सेवाग्राहीलाई सहजिकरणका लागी सेवा प्रवाहलाई चुस्त दुरुस्त र पारदर्शी बनाईएकोछ । २०७५ साल श्रावण २३ गते देखी जिल्लामा नेतृत्व सम्हालेर सफल कार्य गरेबापत प्रहरी प्रधान कार्यलबाट उत्कृष्ट काम गरेबापत उत्कृष्ट पुरस्कृत समेत हुनु भएको र प्रदेश प्रहरी बाटसमेत परस्कृत हुनु भएका मरासिनी तालीमका लागी अमेरीका जान लाग्नु भएको छ ।