दुईदिने महिला जनप्रतिनिधीको प्रशिक्षण सुरु


लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा सँँगाचोकगढी नगरपालिका भित्र रहेका महिला वडा जनप्रतिनिधीहरुलाई दुइ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । महिला वडा जनप्रतिनिधहिरुलाई  लैङ्गीक नेतृत्व सम्बन्धी कार्यशाला गोष्ठी मंङ्गलबार र बुधबार गरि दुई दिन  सम्म चल्ने छ ।

कार्यशालामा नगरका १४ वटै वडाका महिला जनप्रतिनिधहिरु भेला भएका छन् । होटल जुगल चौतारामा सञ्चालन भएको कार्यशालाको उद्धघाटन गर्दे चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले  हरेक कामका लागी महिला अगाडी सरेर गरेको काम सफलतामा पुग्ने गरेको पाइन्छ । महिलाहरुले मैले बोलेको कुरा नसुन्लान् की, कसैले केही पो भन्लान् कि भनेर भन्ने होइन, आफु पनि समाजको केही हो भन्ने सोचेर देखेका र बुझेका कुराहरु निर्धक्कसँग बोल्न पर्ने बताउनु  भयो ।
देशको संविधानले व्यवस्था गरेको  महिला अधिकारका बारेमा महिला जनप्रतिनिधीहरुले स्थानीय महिलाहरुलाई कानुनले व्यवस्था गरेका महिला अधिकारका बारेमा र आफ्ना अधिकारका बारेमा जानकारी दिँदै महिलालाई अगाडी ल्याउन जनप्रतिनीधकिो मुख्य भुमिका रहेकोले त्यो भुमिका निर्वाह गर्न पर्ने बताउनु भयो ।कार्यक्रममा  चौतारा साँगाचोकगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्र कुमार बोहोराले नगरपालिकाले पनि काम गर्दा महिला हितका  लागी विशेष ध्यान दिएर काम गरिरहेको बताउनु भयो । चौतारा साँगाचोकगढी नगरपालिकाको संयोजन हेमवन्ती नामक सस्थाले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको लागी सहयोग भने  जनताका लागी वन कार्यक्रमले गरेको थियो ।  कार्यक्रममा हेमवन्तीका केन्द्रीय सचिव सीता सुनार रिपटकम प्रतिनिधि पुस्पा ढकाल लगायतले कार्यक्रमका बारेमा जानकारी गराएका थिए । हेमवन्ती जिल्ला साखाका सचिव रश्मी सिलवालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

,