चिनबाट वार्षिक १ हजार विद्यार्थी पढ्न आउने



काठमाडौ÷शिक्षा
विज्ञान तथा प्रविधि मन्त्रालले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी नयाँ पाठ्यक्रममा बनाएपछि चिन सरकारले चासो व्यक्त गरेको छ ।

चाईनाको बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो. लिउ सिआओ थिङले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसंग भेटगरी योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी विषय अध्ययनको लागी चिन सरकारले बार्षिक १ हजार विद्यार्थी पठाउने ईच्छा व्यक्त गर्नुभएको छ ।
नेपाल सरकारसंगको सहमतिमा वार्षिक १ हजारको संख्यामा विद्यार्थी पठाउन चिन सरकार तयार रहेको प्रोफेसर थिङले जानकारी दिनुभयो ।
हिजोदेखी काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा जारी माक्र्सवाद र एसियाली दर्शन अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन आउनुभएका प्रोफेसर थिङ मन्त्री पोखरेल भेट्न आज सिहंदरबार स्थित मन्त्रालय आउनुभएको थियो । भेटको क्रममा नेपाल योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धि अध्ययन गर्न उपयुक्त देश भएकोले आफुहरु सहयोग गर्न तयार रहेको थिङले प्रष्ट पार्नुभयो ।
भेटको क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी पाठ्यक्रम आफ्नो चासोको विषय भएकोले तुरुन्तै आवश्यक छलफल र तयारी गरि पाठ्यक्रम लागू गर्ने बताउनुभयो । उहाँले चिन सरकारलाई धन्यवाद ज्ञापन गर्दै सहकार्य को अपेक्षा गरिएको बताउनुभयो ।
मन्त्री पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी विषय देशको अहिलेको आवश्यकताको विषय भएको प्रष्ट पार्दै गुणस्तरीय शिक्षा दिने विश्वास दिलाउनुभयो ।

, ,