मेलम्ची खानेपानी पाइपलाईन सफाईमा गयो दुई दाजुभाईको ज्यान


राधिका गिरी
लोकप्रिय समाचार
राजधानीको बालाजु चोकमा निमार्ण क्रममा रहेको मेलम्ची खानेपानी आयोेजनाको पाइपलाइन सफा गर्ने क्रममा दुई मजदुर दाजुभाईको निधन भएको छ । बालाजुचोक बाट पाइप सफा गर्ने पसेका दाजुभाई धेरैबेरसम्म नस्किएपछि उनीहरुको उद्दार गरिएको थियो । मेलम्ची खानेपानी आयोजनाको पाईपलाईनको सफा गर्ने क्रममा यो घटना भएको हो ।
सप्तरीका २५ बर्षिय सुरेश शाह र २० बर्षीया शिवराम शाहलाई घाइते अवश्थामा फेला पारेपछि उपचार गर्ने क्रममा उनिहरुको ज्यान गएको जानकारी महानगरी प्रहरी कार्यालय  रानीपोखरी का एसएपी श्यामलाल  ज्ञावलीले जानकारी गराउनु भएको थियो । एसपी अशोक सिंहले ठुलो पाईपलाईन भित्र पसेर काम गर्ने काम गर्ने क्रममा यो घटना हुन पुगेको थियो ।
काठमाण्डौँ प्रहरी एसपी सिंहका अनुसार उनीहरुलाई उपचार गर्ने शिक्षण अस्पताल महाराजगंज लगिएको बताए । उहाँले घटनाका बारे विस्तृत अनुसन्धान भईरहेको बताउनु भयो । नेपालमा  पुर्वधार भएता पनि त्यसको उचित सदुपयोग हुन नसक्दा बारम्बार यस्ता घटनाक्रम बढिरहेछ । यस्ता थुप्रै सम्भाव्य आयोजनाका आधार भएपनि राजनितिक खेल बढि हुने हुँदा निमार्ण कार्यमा ढिलासुस्तीको परम्परा  वृद्धि भएको  छ ।


,