जिल्ला प्रशासन कार्यालय सिपामा सुरक्षित स्तनपानको व्यवस्था
लोकप्रिय समाचार
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवाग्राहीका सहयोगका लागी विभिन्न उपायहरु अपनाइरहेको छ । विगतमा भएको सुधारसँगै सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर गोमादेवी चोम्जोङ्ग आउनु भएपछी महिलाहरुको समस्यालार्ई मध्यनजर राख्दै सुरक्षित स्तनपानको समेत व्यवस्था गर्नु भएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आउनुहुने सेवागा्रहीलाई केही समय कुर्न पर्ने भएको खण्डमा समाचार तथा मनोरञ्जनका लागी टेलीभिजनको व्यवस्था गरिएको छ भने सेवाग्रहीलाइ काम गर्नको लागी सहज होस भनेर साहता कक्ष समेत राखीएको छ । साहयता कक्षले नागरिक्ता, नावालक परिचयपत्र लगायतका सिफारिसहरु लगायत कागजातहरुको विषयमा सहज गर्नका लागी सहयता कक्ष समेत सञ्चालन मा आएको छ । जिल्ला प्रशासन कार्यालयमा आउने जो कोहीलाई पनी छिटो र सुलभ सेवा दिनका लागी जिल्ला प्रशासन कार्यालयले विभिन्न उपायहरु अपनाइरहेको छ । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा चोम्जोङ्ग आउनु भएपछी अझ व्यवस्थित र छिटो सेवा पाउने गरेको सेवाग्राहीहरुको भनाइ रहेको छ । हाल कार्यालयमा २ वटा सुरक्षित स्तनपान गराउने कोठा , एउटा सहयता कक्षका साथै प्रतिक्षालय र टेलिभिजनको व्यवस्था रहेको छ ।