काँङ्ग्रेसको राष्ट्रिय जनजागरण अभियान


लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको सुनकोशी गाउँपालिका वडा नं. ७ मा काङ्ग्रेसको राष्ट्रिय जनजागरण अभियान क्षेत्रीय सभा भएको छ । पूर्व सुचना तथा संचार मन्त्री मोहन बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका १ नं क्षेत्रका अगुवा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले विकासका लागी काँगे्रस भ्रष्टचारको लागी कम्युनिष्ट भन्दै विकास चाहनेले काँग्रेसमा लाग्न पर्ने बताउनु भयो। उहाँले  आफुले यस क्षेत्रको प्रतिनिधित्व गरिरहँदा यस क्षेत्र मात्र नभएर देश व्यापी रुपमा विकासका काम गर्दा पनि यस क्षेत्रमा मलाई जिताउँदा चार वर्ष भित्रमा नौँ अर्ब भन्दा बढीको विकासका लागी  पैसा ल्याएको थिए । अहिले जित्नेहरुले कति ल्याए र कति काम गरे भनी प्रश्न गर्नु भयो । हुत्ती र बुद्धि छ भने बारैमास विकास गर्न सकिन्छ । त्यसैले अहिले पनि काँङ्गे्रसले जितेका ठाँउमा विकास भएको  बताउनु भयो । उहाँले आगामी दिनमा जहाँ काँङ्ग्रेस त्यहाँ विकास भन्ने नारालाई प्राथमिकताका साथ राखेर काम गर्ने बताउनु भयो । कलाकारहरु राजेन्द्र गिरी, अन्जु गौतम लगाायताका प्रस्तुती रहेको उक्त कार्यक्रममा बोल्दै काँङ्ग्रेसका नेताहरुले नेपाली काँङ्ग्रेस पुरानो पार्टी हो भन्दै देशको विकास र समस्याको निकासको लागी काँङ्ग्रेस नै चाहिने  बताएका थिए । वक्ताहरुले राष्ट्रिय जागरण अभियानमा नेपाली काँङ्ग्रेस एक हुन जरुरी छ । महिला बालबालिकाको सुरक्षा भएको छैन । कर मुक्त सुनकोशी गाउँपालिका भनेर घोषणा गरेको छ । विकास र सम्वृद्धिको पाठ सुनकोशी गाउँपालिकाबाट सिकौँभन्दै बक्ताहरुले काङ्ँग्रेसमा सबै एक भएर अगाडी बढ्न नेताहरुलाई सुझाव दिएका थिए । क्षेत्रीय सभापती बालकृष्ण बस्नेतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । 


, , ,