बलेफी हाइड्रोपावरको मजदुरको मृत्यु


लोकप्रिय समाचार
सिन्धुपाल्चोक  जिल्ला स्थित जुगल गाउँपालिका वडा नं. २ लिदीमा रहेको बलेफी हाईड्रोपावरको क्याम्पमा बसिरहेको बेला अचानक ढुङ्गा खसेर त्यँहा कार्यरत १ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले का अनुसार  २०७६।०५।०८ गते बिहान  ०७ः३० बजे सिन्धुपाल्चोक जिल्लाको जुगल गाउपालिका  वडा नं. २ लिदीमा रहेको बलेफी हाईड्रोपावरको क्याम्पमा  ढुङ्गा खसेको थियो । काम गर्ने मजदुरहरु बसिरहेको बेलामा अचानक लिदी भिरबाट ढुङ्गा खस्न गई क्याम्पको जस्ता छेडी ढुङ्गाले लाग्दा बर्दिया  जिल्ला बराईयापाल गाउँपालिका वडा नं. ०१ घर भई हाल सोही हाईड्रोपावरमा काम गर्ने कामदार अन्दाजी वर्ष ३१ को अनिल वि.क.को घटनास्थलमा नै  मृत्यु भएको हो । घटनामा बर्दिया जिल्ला बराईपाल गा.पा. १ बस्ने  अमर बहादुर राना मगरको हातमा सामान्य चोटलागेको  छ  । त्यसै गरी  सोही स्थानमा बस्ने माउतलाल टमाटाको टाउकोमा सामान्य चोट लागेको छ । सि.पा. जुगल गा.पा. वडा नं. ३ गुम्बो ठुलो कान्छा लामाको बायाँ खुट्टामा चोट  लागेको छ । त्यसैगरी सोही स्थानमा बस्ने सुरेश लामाको बायाँ खुट्टामा चोट लागेको छ भने अर्जुन लामाको दायाँ खुट्टामा चोटलागेको छ ।अर्का सिराराम दोङको पनि बायाँ खुट्टामा चोट लागेको छ । सागर लामाको बायाँ खुट्टामा चोट लागेको छ  । घटनास्थलमा तत्काल प्रहरी अधिकृत सहितको टोली खटिई गई घाईतेहरुलाई उपचारको लागि घुलिखेल अस्पताल तर्फ पठाएको छ ।मृत लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल चौतारामा ल्याईएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ  ।

, ,