हेलबुमा अलैंचीखेति फस्टायो


रुपक पुरी
लोकप्रिय समाचार
सिन्धुपाल्चोकको  हेलम्वु गाउपालिकामा अलैंचीखेति फस्टायको छ । स्याउका लागि प्रख्यात मानिने हेलम्वु अलैंचीका लागि समेत उपयुक्त  मानिएको छ ।
बजार निर्यात हुने अलैंची  निर्यातका लागि ग्राहक गाउँमै  पुग्ने  गरेका छन्  । भागौ वन उपभोक्ता  समितिले सम्योजन गरि अलैंचीको विरुवा लगाएको हो । वन समितिका सदस्य  नोर्वु लामाका अनुसार अलैंची  वोट वाट नै विक्रि हुने गरेको छ ।
उत्पादित विरुवा  लिन काठमाडौं देखि किसानहरु आउने गरेको लामाले वताउनुभयो । अलैंची  वेच्ने ठाउँ थाहा नहुदा उचित मूल्य नपाएको र यस सम्बन्धी जानकारि नहुदा ठगिने डर भएको लामाले वताउनुभयो ।
भागौ वन उपभोक्ता  समितिले ३०० हेक्टर जङ्गलमा अलैंची  लगायको छ । अलैंचीले उत्पादन  दिन थालिसकेको छ । वार्षिक १० लाख बरावरको अलैंची  निर्यात हुने लामाले वताउनुभयो ।

, , , ,