काँग्रेसद्धारा समबेदना प्रकट


लोक प्रिय समचार
नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा मा प्रतिनिधित्व गर्नु हुने प्रतिनिधी सभा सदस्य माननीय कर्मा घलेकी ममतामयी माता यान्खु घलेको ८२ वर्षको उमेरमा गत श्रावण १९ गते भएको असामयिक निधन प्रती नेपाली काँग्रेसले दुख ब्यक्त गरेको छ । काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडद्धारा जारी बिज्ञेप्तीमा उक्त कुरा जनाइएको हो बिज्ञेप्तीमा प्रतिनिधी सभा सदस्य माननीय कर्मा घलेकी ममतामयी माता यान्खु घलेको ८२ वर्षको उमेरमा गत श्रावण १९ गते भएको असामयिक निधन प्रती नेपाली काँग्रेस  स्तब्ध बनाएको जनाउँनु भएको छ । बिज्ञेप्तीमा नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने सन्तानलाई जन्म दिनु भएकी ममतामयी माताले आफ्ना सन्ततीलाई  सदैव देश र आम नागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आउनु भएको थियो । उहाँको निधनप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तप्रति नेपाली कांग्रेस संसदीय दल हार्दिक समवेदना प्रकट गर्दछ   भनीएको छ ।




,