भोताङको पर्यटकिय क्षेत्रहरु ओझेलमा


रुपक  पुरी
लोकप्रिय समाचार
पर्यटकिय  हिसावले प्रशस्त सम्भावना वोकेका सिन्धुपाल्चोक पाँचपोखरी–३, भोताङका प्राकृतिक तथा धार्मिक  सम्पदाहरु ओझेलमा परेका छन् । पाँचपोखरि र लाक्पा दोर्जे हिमालको प्रचारप्रसार भएपनि हवेलि, डुप्खाङ गुफा , मानम, अमिलो पानि र भोताङदेवि मन्दिर सम्रक्षण , पुर्वाधार र प्रचारप्रसारको कमिले ओझलमा परेका छन् । भोताङको छिम्तिमा रहेको हबेलि ऐतिहासिक स्थल हो । यसलाई  १८९० सालमा कमान्डर कर्णेल रण विरसिह थापाले निर्माण गर्नुभएको थियो । भुइँ  तल्ला र माख्लो तल्लामा ५र५ कोठा भएको हवेलि पाँच  पोखरि जाने वाटोमा पर्दछ । हाल भुकम्प  पश्चात यो हवेलि जिर्ण अवस्थामा  रहेको छ । यस हवेलि एक ऐतिहासिक महत्त्वको धरोहरको रूपमा रहेको  छ । डुप्खाङ गुफा पर्यटकीय  हिसाबले अग्रस्थानमा रहेको छ । यहाँ गुरु पधसम्भवको ध्यान गर्ने स्थान भएकोले यहाँको धार्मिक  महत्त्वलाई बढाइएको  छ ।

यस  ठाउँ पर्यटकिय रूपमा अति नै आकर्षित ठाउको रूपमा रहेको  छ । चर्चित पर्यटकिय स्थल मध्ये  भोताङको मानम पनि एक हो । पाँचपोखरि पत्ता लगाउने  क्रममा दुई  जना  पाँचपोखरि वाट भागेर मानव गएको र १ जना मानमको पानिमा र अर्को  मानमको ढुङ्गामा माथितिर जादै  गर्दा लोप भएको र मानम एउटा ढुङ्गाको आश्चर्य स्थल भयको भन्ने  विश्वास रहिआएको छ । भाग्यमानी  मानिसले मानमको पानिमा नुहाउदा दूध आउने भन्ने  किम्वदन्ति रहेको  पाइन्छ  । यहाँ  भगवान शिवजिको आकृति भएको पनि देख्न सकिन्छ , जसले गर्दा यहाँको  महत्व झन बढ्न गयको छ । छिम्ति र लार्केको सिमानामा रहेको इन्द्रावति नदिको किनारमा प्राकृतिक  धाराको रूपमा अमिलो पानि रहेको छ । यहाँ  वर्षे्नि चैते दशैको बेला मेला लाग्ने गर्दछ । यस पानी पिउदा ग्याष्टिक जस्ता रोगहरु निको हुने जनविश्वास  र ल्याव टेष्ट रिपोर्टहरु रहि आएको पाइन्छ ।
यस ठाउँ पनि पर्यटकिय तथा धार्मिक  हिसावले एकदमै  महत्त्वपूर्ण  रहेको छ । भोताङदेवि मन्दिर पनि एतिहासिक तथा धार्मिक  रूपमा  अत्यन्तै  महत्त्व  बोकेको छ । सरकारि गैरसरकारी र पर्यटन क्षेत्र सङ्ग सम्वद्द निजि क्षेत्रलाई पुर्वाधार विकास र प्रचारप्रसार गरि  पर्यटन विकासमा सघाउन पाँचपोखरि थाङपाल –३ का वडाअध्यक्ष  निमछिरिङ तामाङले अनुरोध गर्नुभयको छ । पाँचपोखरिसङ्ग जोडेर यी सम्पदाको सौंन्दर्यताको विषयमा प्रचारप्रसार  र पुर्वाधार विकासमा ध्यान  दिन सकेमा धेरै  पर्यटकलाई  आकर्षित गर्न सकिने प्रशस्त सम्भावना रहेको तामाङको भनाइ छ ।

, ,