क्रसरले गर्दा माछा लोप भए


रुपक पुरी
लोकप्रिय समाचार
इन्द्रावती नदीमा धमाधम क्रसर थपिएपछि विभिन्न प्रजातिका माछा हराउँदै गएका छन् । स्वादिलो माछामा लागि प्रसिद्ध इन्द्रावती नदिका विभिन्न प्रजातिका माछाहरु लोप हुदै गएपछि माछा मारेर दैनिक गुजारा चलाउने माझी, दनुवारको पेशा नै शङ्कटमा परेको छ । स्वादिला प्रजातिका माछा लोप हुँदै गएपछि उनिहरुको पेशानै सङ्कटमा परेको हो ।
इन्द्रावती गाउँपालिका १२ भिमटारका रामबहादुर दनुवार क्रसरले माछा बस्ने कुर बिगारी दिँदा माछा पाउन छाडेको बताउनुहुन्छ । उहाँका अनुसार पहिला पहिला पाईने सहर, वाम र असला माछा देखिन छाडेको छ। रामबहादुरले क्रसर राख्नु भन्दा पहिले २० किलो सम्मको माछा मारेको बताउनुभयो । अहिले त बिहानदेखि बेलुकासम्म जाल खेल्दा १ किलो पनि माछा मार्न नसकिने  दनुवारले बताउनुभयो। भिमटारकै मीन वहादुर माझी पनि माछा लोप भएकोमा चिन्तित हुनुहुन्छ। अहिले त फगेटा माछा मात्रै पाइने गरेको बताउँदै पेशा सङ्कटमा परेकोमा माझी चिन्तित हुनुहुन्छ । अहिले १ किलो माछा १५ सय सम्ममा बिक्छ तर, माछा २ पाउ पनि मार्न सकिदैन, माझीले दुखेसो पोख्नुभयो ।

, , ,