सिनो हाइड्रोले पायो मेलम्चीको बाँकी काम


रुपक पुरी
लोकप्रिय समाचार
मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ ।
मेलम्ची  खानेपानीले दुई प्याकेजमा ठेक्का लगाएकोमा दुवै काम सिनाले नै पाएको छ । दुबै ठेक्कामा सबैभन्दा कम रकम सिनोले कवोल गरेकाले ठेक्का  पाउने भएको मेलम्ची खानेपानी आयोजनाका प्रमुख सुर्य कडेलले बताउनुभयो ।


सिनोले हेडवक्सतर्फ २९ प्रतिशत विलोमा गएर ९० करोडमा ठेक्का  लिएको छ भने सुरुङतर्फ १५ प्रतिशत विलोमा ७५ करोडमा ठेक्का लिएको छ ।
सिनो हाइड्रो नेपालको जलविद्युतको क्षेत्रमा अनुभवि निर्माण कम्पनी मानिन्छ ।सिनोले माथिल्लो तामाकोशी, कुलेखानी तेस्रो र निर्माणाधीन तनहु जलविद्युत आयोवनामा काम पाएको छ । इटालियन कम्पनीले विचमै काम छोडेर भागेपछि मेलम्चीको काम अलपत्र  परेको थियो ।

, ,