मेलम्चीमा सुविधासम्पन्न कवर्ड हल बन्ने


रुपक पुरी
लोकप्रिय समाचार
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा सुविधा सम्पन्न  बहुउदेश्यिय कवर्डहल निर्माण  हुने भएको  छ । ३ नम्बर प्रदेशको सामाजिक  विकास मन्त्रालयले १३ करोडको लागतमा कवर्ड हल निर्माण  गर्ने  भएको  हो ।

सोमबार एक कार्यक्रमको आयोजना गरी कवर्ड हलको शिलान्यास गरिएको हो । कवर्ड हलको शिलान्यास ३ नम्बर प्रदेशका सामाजिक  विकास मन्त्री युवराज दुलालले गर्नुभयो । शिलान्यास सभालाई सम्बोधन गर्दै मन्त्री दुलालले ब्याडमिन्टन खेलका लागि कवर्ड हल निर्माण सुरु गरिएको बताउनुभयो । केही वर्ष भित्र  प्रदेश ३ का सबै स्थानीय तहमा कवर्ड हल निर्माण गर्ने लक्ष्य रहेको दुलालले बताउनुभयो । यो वर्ष रामेछाप र सिन्धुपाल्चोकको मेलम्चीमा कवर्ड हल निर्माण हुने भएको छ ।

, ,