जुगल थालर्खक होल्चो खानेपानि उपभोतmा तथा सरसफाई समितिको छैठौँ साधारण सभा सम्पन्न


 लोकप्रिय समचार , सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढीनगरपालीका वडा नं ५मा रहेको जुगल थालर्खक होल्चे खानेपानि उपभोक्तासमित तथा सरसफाई समितिको साधारण सभा बिहीबार सम्पन्न भएको छ । समितकिा अध्यक्ष सुभाष कर्मचार्य को सभापतित्वमा साधरण सभा  सम्पन्न भएको थियो । उक्त समितीले ३०० भन्दा माथि  उपभोक्ताहरुलाइ खानेपानीको ब्यबस्थापन गर्दै आइरहेको छ । उक्तउपभोतmा समिती  विगतका दिनमा शुन्य अवस्था बाट  शुरु भइ  हाल तिनशय भन्दा बढी स्थानिय उपभोतmा लाई स्वच्छ खानेपानि उपलब्ध गराई रहेको छ ।

२०३२ साल मा  होल्चे खानेपानिको नामबाट सुरुवात भएको यो समिती  २०४५÷२०४६ सालबाट थालर्खक  समेत मुहान थप गरिएको हुँदा थालर्खक होल्चे खानेपानि मा विस्तार  गरिएको थियो ।स्याउले क्षेत्र ,जुगल गा.पा वडा न.१लामिडाडा  ओख्रेनीक्षेत्र चोतारा नगरपालिका पात्लेपानी ,गिदाने भिरकुना ,सानोसिरुवारी ,समेतका नागरिकहरु लाइ खानेपानि उपलब्ध  गराइरहेको समितीका सचिब श्यामकृष्ण श्रेष्ठले बताउँनु भयो  । उँहाले जिल्ला सदरमुकाममा रहनु भएका   कर्मचारी ,प्रहरी , नेपालि सेना समेत  दैनिक रुपमा यस खानेपानी सेवा सुबिधा उपभोग गर्नुका साथै  समितिको व्यवस्थापनमा समेत सहयोग गरिरहेको बताउँदै यसखानेपानि आयोजना ले वडा नं ५ मा  हाल सम्म ६४६ निजी धारा ,१७८ सार्वजानकि र ६९सँस्थागत धाराहरु वितरण गरिएको बताउँनु भएको छ । उँहाले आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्दै समितीमा  पुराना बाकीँ रकम रु८२०६२७ं.९४ थियो भने हाल को मोज्दात रु ४४९७१३६.८६ रहेको  जनाकारी दिनु भयो । जापान सरकारको तर्फबाट एक बर्षअधि नै निमार्ण कार्य सम्पन्न भएतापनि हामीले ऊक्त मुहान सञ्चानमन ल्याउन  नसकेको र खानेपानि लाईन व्यवस्थीत गर्नुपने समेत  समितिका सचिव श्रेष्ठले बताउनु भयो । आगामी केही दिन पछि  भुकम्प पिडित आवास निमार्ण भएर   थपिएका घर धुरी लाईथप धारो वितरणको कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउँदै सङ्कटको समयमा काम गर्ने ब्यक्तीको उच्च मुल्याङ्कन हुने  बताउँदै समितीलाइ समस्या परेको समयमा निकासा दिन पहल गर्ने सबेलाइ बिषेश धन्यबाद दिनु भयो । अध्यक्ष श्रेष्ठले जे काम गर्दा पनी स्थायित्व हुने गरी गर्न पर्नै  र स्थायित्वका लागी दिर्घकालीन योजना बनाउँदा काममा केह िढिला हुने हुँदा त्यस तर्फ पनी सबैले ध्यान दिन पर्ने बताउँनु भयो ।   स ि खानेपानि समस्या  समधानका लागी  समितीले  गरेको कामबाट समस्या समधान गर्नै केहि हद सम्म सहयोग भएको र आगामि दिनमा  अझ प्रगतिशिल  रुपमा अगाडी बढने खानेपानि समितिका उपाध्क्ष संसार श्रेष्ठले  बताउनु भयो ।

, , , , ,