त्रिपुरामा तिज गीत प्रतियोगिता कार्यक्रम


लोकप्रिय समाचार
हिन्दु महिलाहरुको ठुलो चाड विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । सिन्धुपाल्चोक जिल्लाको १२ वटै स्थानीय तहहरुमा विभिन्न कार्यक्रम गरी मनाइने क्रममा त्रिपुरा सुन्दरी गाँउपलिकामा पनि एक भव्य समारोहका बिच तिज कार्यक्रम मनाइएको हो ।
त्रिपुरासुन्दरी गाउँपालिकामा सस्कार र सस्कृतको जगेर्ना गरौँ । महिला विरुद्ध हुने हिंसा अन्त्य गरौँ भन्ने मुल नाराका साथ तिज गित प्रतियोगिता सम्पन्न भएको हो । पूर्व मन्त्री नेकपाका स्थायी सदस्य प्रदेश नं. ३ का माननीय अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सस्ंकार र सस्ंकृतीलाई जोगाइ राख्ने खालका गिती प्रतियोगिता समेत भएको थियो ।

तिजको प्रतियोगिता कार्यक्रममा प्रथम हुने प्रगतिशिल महिला समुह पिस्करले १६८ अंक ल्याएर (१०१२५) दश हजार एक सय पच्चीस रुपैयाँ प्राप्त गरेको छ । द्वितीय हुने महिला नेवारी तौथली समुहले १६६.५ अंक ल्याई (७०१२५) सात हजार एक सय पच्चीस रुपैयाँ प्राप्त गरेको छ ।
तृतीय हुने चोेकटी महिला आमा समुहले १६१.५ प्राप्त गरी ५६०० पाँच हजार छ सय रुपैयाँ प्राप्त गरेको छ । त्यसैगरी सान्त्वना पुरस्कार महिला समुह डाँडाचौरले १६१  अंक  ल्यएर २०५० दुई हजार पचास रुपैयाँ प्राप्त गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथीका तर्फबाट बोल्दै शाक्यले महिलाहरु आर्थिक क्षेत्रमा कमजोर छन् । आफुलाई चाईने सामानको लागि श्रीमान्संग शिर झुक्याएर माग्नु पर्छ। आफु कमजोर भएको महसुस गर्छन् । अरुले जे भनेपनि सहेर बस्ने बानी छ, महिला र पुरुष बिच भेदभाव अझै बाँकी छ । यस्तै कारणले महिलाहरु अगाडी बढ्न सकेका छैनन् भन्नु हुँदै महीलाहरुले पनि    समाजमा गएर आफ्ना कुरा निर्धक्कसँग राख्न सक्नु पर्ने त्यसैगरी अगाडी आउन सकिन्छ भन्नुहँदै त्रिपुरा सुन्दरी गाँउपालिकाले यस्तो कार्यक्रमको आयेजना गरेर संस्कार र सस्कृतीको जगेर्ना हुने कामलाई प्रोत्साहन दिएकोमा विशेष  धन्यवाद दिनु भयो । कार्यक्रमका विशेष अतिथी बाह्रबिसे नगरपालिकाको उपप्रमुख सुशिला पाख्रिनले नेपाली महिलाहरुले मनाउँदै आएको पर्व धार्मिक, सास्कृतिक, सबै जोडिएको छ । भगवान्को पालामा पार्वतीले व्र्रत बसी शिवजीलाई पाएको भन्ने छ । नेपाली महिलाहरु पनि रातो सारी चुरापोते लगाएर पानि पनि नखाई आफ्नो श्रीमानको आयु लामो होस् भनेर व्रत बस्ने गरेको बताउँदै पिस्करमा यो कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्दे विशेष धन्यवाद दिनुभयो ।
त्यसै गरी कार्यक्रममा लिसंखुपाखर गाउँपालिकाको उपप्रमुख हेमगंगा मोतmानले तिज विशेष कार्यक्रम वर्ष भरी दुःख सुख भोगेर घरको काम मा व्यस्त भएर पनि यो दिन घाम पानि बच्चा पनि नभनी अन्न बाली लगाएर एक दिन आफ्नो थकाइ मेटाउनको लागी आफ्ना दाजुभाइ लिन आएर खुशी हुँदै माइत  गएर आमाले पकाएको दर खाँदै दुःख सुख पोख्ने गर्ने गरेको बताउनु भयो। उँहाले महिला हरु आफ्नो अधिकारबाट वन्चित भएका छन् ।
अधिकार लिए पनि कुन अधिकार कति लिने भन्ने थाहा छैन । यसका लागी अझै महीलाहरुलाई यस सम्बन्धी सचेत गराउन पर्ने बताउनु भयो ।
त्रिपुरासुन्दरी गाँउपालिकाको उपप्रमुख दुर्गादेवी नेपालले त्रिपुरासुन्दरी गाउँपालिकाले यो कार्यक्रम गरेर  सस्कार संस्कृतीलाई अनुशासित र मर्यादित गर्न खोजेको बताउदै महिला दिदीबहीनीहरुले देखासेखीमा एक जनाले महङ्गगो गरगहना लुगा लगाउने होइन आफु जस्तो अवस्थामा  छ त्यस्तैमा सन्तुष्टी राख्न सिक्नु पर्छ ।
गरगहनाले गर्दा महिलाहरु आफै लुटिन सक्छन् । त्यस तर्फ विचार पु¥याउन पर्ने बताउनु भयो । महिलाको हकहितको लागि महिला आफै अगाडि बढ्नु पर्छ ।
आफ्नो सुरक्षा आफै गर्नुपर्छ भन्ने कुरा बताउनु भयो । कार्यक्रममा विभिन्न महिला सरोकारवालाहरुले शुभकामना मन्तव्य दिनु भएको थियो भने गाँउपालिका प्रमुख भुपेन्द्र श्रेष्ठले कार्यक्रममा उपस्थिती प्रमुख अतिथी विशेष अतिथी र अन्य सहभागी नागरिकहरुलाई विशेष धन्यवाद दिदै आफुले शान्तपुर्ण तरिकाले संञ्चालन हुनै जुन सुकै कार्यक्रमलाई पनि सहयोग गर्दै आएको र यस्ता सस्कार संस्कृती र पहिचनाका साथै सिपमूलक आयआर्जनका काम  गर्ने महिलाहरुलाई अझ प्राथमिकतामा राखेर पालिकाले सहयोग गर्दै आएको बताउनु भयो ।
उँहाले त्रिपुरा सुन्दरी गाँउपालिका जस्तो नाम उस्तै काम गर्न लागी परेको समेत बताउनु भयो । बिहीबार पिस्करमा गरिएको कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएको थियो । 

, ,