दूध बेचेर लाखौँ आम्दानी


रुपक पुरी
लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लालाई काठमाडौं दुग्ध विकास आयोजनाले दूध उत्पादनको पकेट क्षेत्र घोषणा गरेको छ । चालिसको दशकपछि दुग्ध व्यवसायतर्फ लम्केका किसानले त्यसैलाई प्रमुख व्यवसायको रूपमा अँगालेपछि सिन्धुपाल्चोक दूध उत्पादनको पकेट क्षेत्रको रूपमा स्थापित भएको हो ।
जिल्लाका १३ हजार किसान दुग्ध व्यवसायमा क्रियाशिल रहेको तथ्याङ्क छ । दैनिक ४० हजार लिटर दूध बिक्रीवाट किसानले एकै दिन २० लाख रुपैयाँ आम्दानी गाउँ भिœयाउँदै आएका छन् । दुग्ध व्यवसायी इन्द्रमणि दाहालका अनुसार बलेफी, मेलम्ची , सिपाघाट, साँगाचोकमा दुग्ध विकास सस्थानका चिस्यान केन्द्रहरु सञ्चालनमा छन् । ती केन्द्र अन्तर्गत एक सय २९ सङ्कलन केन्द्र छन् । फुल्पिङडाँडा, कुविण्डे, फटकशिला, मेलम्ची , भोटसिपा, सिपापोखरे, शिखरपुर, ज्यामिरे, तालामाराङ, भोटेचौर लगायत दूध उत्पादनको लागि जिल्लामै अग्रणि स्थानमा छन् ।
५० देखि ८० रुपैयाँसम्म पर्ने प्रतिलिटर दुधवाट एकै किसानले बार्षिक चार लाख रुपैयाँ आम्दानि हात पार्दै  आएको जिल्ला दुग्ध उत्पादक सहकारि सँघका अध्यक्ष झनक तिमल्सिनाले बताउनुभयो ।

, , ,