सम्बाद समुहद्धारा बिजुली अनियमिता सम्बन्धी अन्तर क्रिया


लोकप्रिय समाचार सिन्धुपाल्चोक सदरमुकामचौतारा लगायतका क्षेत्रमानियमितविद्युतआपुर्ती बन्दहुने क्रम नरोकिएपछि संवाद समुहसिन्धुपाल्चोकले संवादमार्फत समस्या समाधानकालागिपहल सुरु गरेको छ ।


नेपालविद्युतप्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्र लगायत सबै सरोकारवालहरुलाई एकै ठाउँमा भेला गराएर विद्यूतमा देखिएको समस्या संवादमार्फत समाधनको पहल गरेको हो ।
मंगलबार जिल्ला समन्वय समितिमाभएको सिन्धुपाल्चोकमा देखिएको विद्युत समस्याको विषयमागरिएको सम्वादकार्यक्रममा नेपालविद्युतप्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्रका  प्रमुख सानुबाबु थापाले चार महिनाभित्रयसलाई सुधार गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
कार्यक्रममापुर्व सासंद एवम नेपालविद्युतप्राधिकरणका पुर्व बोर्ड सदस्य सुवास कर्माचार्यले स्थानीयको जनजिविका सँग जोडिएको विषयमाआयोजनागरिएको संम्वादकार्यक्रमनिकै राम्रो भएको बताउँनु भयो  । उहाँले सिन्धुपाल्चोक विद्युतउत्पादनमा अग्रणी जिल्लाभएपनि यसरी दैनिक धेरै पटक विद्युतआपुर्ती हुनु दुःखदभएको बताउँनु भयो  । यसलाई समाधानकालागिआफ्नो तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको बताउँनु भयो  । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सिं तामाङले नगरपालिकाले काठको पोल मुक्त घोषणा गर्न लागेको र आफुहरुले प्राधिकरणले गर्नुपर्ने कामनगरले गर्दा पनिविद्युतनियमितनहुदाआफुहरुलाई दुःखलागेको बताउँनु भयो  ।

जिल्ला समन्वय समितिकाप्रमुखएवमजिल्ला संवाद समुहका संयोजक कृष्णगोपालतामाङको अध्यक्षतामाभएको कार्यक्रममाप्रमुखतामाङले नेपालविद्युतप्राधिकरणले सरकार भन्दा फरक रुपमाकामगर्ने गरेको बताउँनु भयो  ।
उँहाले सबै सँग समन्व्य गरेर अघि बढ्नुपर्ने प्राधिकरणले त्यो नगरेको द्खेशो पोख्नु भयो ।  कार्यक्रममासिन्धुपाल्चोककानिमित्तप्रमुखजिल्लाअधिकारी रामकृष्ण  घिमीरेले विद्यूतनियमितहुनकालागिप्रशासनको तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्न आफुहरु तयार रहेको बताउँनु भयो  । कार्यक्रममाजिल्लाका सरकारी कार्यालय लगायतजनप्रतिनिधि,बजारबासीहरुको सहभागीता रहेको थियो । संवाद समुहसिन्धुपाल्चोकले भुकम्प लगतै सिन्धुपाल्चोकमाविभिन्न सवालहरुमा संवादमार्फत समस्या समाधानको लागिपहलगरिरहेको छ ।
संवाद समुहले गरेको कार्यक्रममानिकालिएको निष्र्कष
१ सिन्धुपाल्चोकमा देखिएको विद्युतआपुर्तीमाहुने अनियमितताको समस्या समाधानकालागि नेपालविद्युतप्राधिकरण,स्थानीय तह,राजनीतिकदल र सबै सरोकारवालनिकायको सहकार्यमातत्कालआवश्ष्यकपहलगर्ने निष्र्कष निकालेको छ ।
२वितरण लाइनमाआएको समस्याकामगर्न प्राधिकरणले समन्वय गरी स्थानीयतहको सहयोग लिएर जनशक्ति परिचालनगर्ने तथाप्राविधिक समस्याकमगर्न प्राधिकरणले कर्मचारीकाृ व्यवस्थापनलाई चुस्तबनाउने ।
३अस्पतालतथा दैनिक सेवाप्रवाहहुने कार्यालय र अति संवेदनशिलनिकायमा कुभिण्डेमानिर्माणधिन सबस्टेशननिर्माण सम्पन्न भएपछि छुट्टै फिडर मार्फत विद्युतप्रदानकालागिपहलगर्ने ।
४हुकिङ समस्या क मगर्न जनचेतनाप्रवाहगर्ने र अत्याधिकहुकिङ क्षेत्र हुदै वनजंगल र अन्य क्षेत्रमा स्थानीयतहको समेत सहयोग लिइप्राधिकरणले क्रमश केबुललाईन जडान गर्ने ।
५समस्या समाधानको प्रगति हेर्न संवाद समुहको आयोजनामाचार महिनापछि पुनःसंवादकार्यक्रमगर्ने ।
६ एक घर एक मिटर र विद्युतचोरी मुक्तअभियान सफलपार्न सबै सरोकारवालले सहयोग गर्ने । रहेको छ ।

, , , , , ,