फरार प्रतिवादी पक्राउ


लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला साविक कदमवास  गा.वि.स. वडा नं. २ बस्ने नानिवावु भन्ने खिरन्त गिरीलाई आगलागी मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०६१ साल चैत्र २३ गतेको फैसलाले ४ (चार) बर्ष कैद सजाय हुने फैसला भएको थियो ।  गिरी वारदात पश्चात् नै भागी फरार रहेकाले जिल्ला प्रहरी कार्यालयबाट निरन्तर खोजी कार्यको सिलसिला जारी रहेको अवस्थामा खटिएको प्रहरी टोलीले गिरीलाई १५ वर्षपछि आइतबार बिहान ७ बजे काठमाण्डौ जिल्ला स्थित गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नारायणटार स्थितमा लुकीछिपी हिडि रहेको अवस्थामा फेला पारेको हो । नानीबाबु भनिने खिरन्त गिरीलाई आइतबार नै  जिल्ला प्रहरी कार्यालयमा दाखिला गरेको छ । अदालतमा उपस्थित गराई कैदी पुर्जीका साथै कैद भुक्तानीको लागि जिल्ला कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, चौताराका सुचना अधिकारी प्र.ना.उ माधव प्रसाद काफ्लेले बताउनुभयो । यसका साथै लिसंखुपाखर गाउँपालिका वडा नं.७ बस्ने वर्ष २० को विशाल भनिने चेत बहादुर श्रेष्ठ भएको नकवजनी चोरी मुद्धामा जिल्ला अदालत चौताराको मिति २०७३।११।०२ गतेको फैसलाले १ महिना २८ दिन कैद सजाय र ७९ हजार ५ सय जरीवाना तोकिएको थियो । वारदात पश्चात फरार रहेका विशाल भनिने चेत बहादुर श्रेष्ठको फैसला कार्यान्वयनको सिलसिलामा खटिएको प्रहरी टोलीले निरन्तर खोजी कार्य जारी राखी ईलाका प्रहरी कार्यालय बाह्रबिसे र प्रहरी चौकी मुडेको सहयोगमा श्रेष्ठलाई मिति २०७६।०५।२१ गते लिसंखुपाखर गा.पा. वडा नं.७ स्थित आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई  पक्राउ गरी दाखिला गरिको हो । आइतबार जिल्ला अदालतमा उपस्थित गराईएकोमा रु ७९ हजार ५ सय जरीवाना असुल र १ महिना २८ दिन कैद सजाय भुक्तानको लागी कैदी पुर्जी दिई जिल्ला कारागार कार्यालय सिन्धुपाल्चोक पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, चौताराका सुचना अधिकारी प्र.ना.उ माधव प्रसाद काफ्लेले बताउनुभयो ।

,