केन्द्रद्धारा प्रहरीउपरिक्षक महर्जनलाइ स्वागत


लोकप्रियसमाचारसामुदायक प्रहरी तथा बिकास केन्द्र  चौतारा ले जिल्ला प्रहरी कार्यलय सिन्धु पाल्चोकका प्रहरी उपिरक्षक प्रज्वल महर्जन लाई एक समारोहका साथ स्वागत गरिएको छ । सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यलयमा  सरुवा भइ सुक्रबार सिन्धुपाल्चोक  आउँनु भएका महर्जनलाइ एक समारोहका बिच स्वागत गरिएको हो ।


केन्द्रको  अध्यक्ष  रोहिणी राज जोशी को सभापितत्वमा भएको स्वागत समारोहमा चौतारासाँगाचनेकगढीनगरपालिबा वडा न ५का वडा अध्यक्ष  नरमान श्रेष्ठले नगर भित्र केही अपरािधक घटना  घटेका र त्यसका लागिप्रहरीले  अपराधिक घटना नियन्त्रण गर्न   हर प्रयास गरेको भएता पनी  केही अपराधीहरु अझै फेला पार्न नसकेको  बताउँदै यसका लागी प्रहरी ले अझै सक्रियताका साथ अगाडी बढ्न पर्ने बताउँनु भयो ।
ढिलो चाँडो अपराधी पक्राउ पर्नेमा आफु बिश्वस्त रहेको बताउँदै  शान्ती सुरक्षका हरेक पाइला सफल रहेको भयता पनि केही घटनाका दोषि अझै  पक्राउ गर्न  नसिकरेहेको अबस्थामा  प्रहरिलाइ अझै
चुनौति रहेको छ भन्नु भयो ।
त्यसका लागि नया उपरीक्षकले  समाजलालाइ अझ ब्यबस्थित तरिकाले  शान्ति सुरक्षा कायम राख्नमा सफलता मिलोस भन्ने कामना समेत गर्नु  भयो। उँहाले  शान्ती सुरक्षाको हरेका कार्यक्रममा नगरपालीकाले सहयोग गरिरहने बताउँदै आबश्यकतालाइ  पहिचान गरि बजेटको समेत ब्यबस्था गरिएको बताउँनु भयो ।
प्रहरी उपरिक्षक प्रज्वल महर्जन ले सिन्धुपाल्चोक  जिल्लामा  आफु आउँदाको अबस्थामा   जिल्लाका शान्ति सुरक्षालाइ  कसरी अझ ब्यबस्थित गर्ने र सुरक्षा मजबुद बनाउने भन्ने बिषयमा सम्भब भए सम्म सरोकारवालाहरु सँग छलफल  गरेर अगाडी बढ्ने आफ्नो योजना रहेको बताउँनु भयो ।
जँहा पनी सुरक्षाको लागी समुदायको अति आबश्यक  भुिमका रहने भएकाले समुदाय ले खेल्न पर्ने  भुमिकाका बारेमा  आफुले कसरी  प्रभाबकारी बनाउन सिकन्छ भन्ने  बिषयमा समेत सामाजीक ब्यक्तीत्व  र सरोकारवालाहरु बिच  छलफल गरि कार्यक्रम अगाडी बढाउँन पर्ने बताउँनु भयो । यस अबस्थामा यसरी सामुदाय प्रहरी तथा बिकास केन्द्रले सक्रिय रुपमा काम गरेको पाएकोमा खुशि लागेको बताउनु हुँदै   प्रहरी कार्यलय बाट हुने कुनैे पनि सेवामा कमि कम्जोरी हुन नदिने  बताउनु भयो । उँहाले जिल्लामा लागुऔषधी प्रयोग कर्ता गुणडागर्दी समाजमाम अशान्त हुने खालका काम गर्ने जो कोहिलाइ  पनि कानुनी दायरामा ल्याएर कडा  कार्बाही गिरने बताउनु भयो ।
उहालेजिल्ला प्रहरी कार्यल सिन्धुपाल्चोक बाट हुन पर्ने रदिन पर्ने सुिबधामा कुनै पनि कमि हुन नदिन प्रहरी चनाखो भएर  लागि रहने बताउँनु भयो कार्यक्रमको समापन गर्दे अध्यक्ष जोशीले समाजिक सेवामा निरन्तर लागिरहेको प्रहरी लाई सामुदायले   पनि सहयोग गर्न पर्ने र बिना बर्दिका  प्रहरिको रुपमा काम गर्न समुदायलाइ पनी   जिम्मेवारी बनाउने  उद्धेश्यका  साथ यो सामुदाय प्रहरी तथा ब्यबस्थापनकेन्द्रको स्थपना भइ कार्य गरिरहेको बताउँनु भयो ।कार्यक्रमको संञ्चालन गर्दै सस्ंथाका कोषाध्यक्ष कमलचरण कक्षपतीले  समुदायमा सामुदयक प्रहरीले खेल्ने भुमीका अती महत्वपुर्ण हुने हुँदा यसका लागी समाजका अगुवाहर सबैले सहयोग गर्न पर्ने बताउँनु भएको थियो भने कार्यक्रममा  केन्द्रका पदाधिकारी तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

, , , ,