शिक्षाको बिकाश पछी मात्रै समृद्ध नेपालको निर्माण हुनेःसुबोध


फुलमान तामाङ्ग  लोकप्रिय समचार
शिक्षाको बिकाश पछी मात्रै समृद्ध नेपालको निर्माण हुने  नेकपाका केन्द्रीय सदस्य  माधब सापकोटा सुबोधले बताउँनु भएको छ । उँहाले हरेक परिबर्तनमा शिक्षाको ठुलो भुमिका रहेको र यो भुमिका निर्बाह गरेर  शिक्षा क्षेत्रले नेपालका हरेक परिबर्तनमा सहयोग पुर्याएको बताउँदै शिक्षाको बिकासका लागी सबैले एक भएर अगाडी बढ्न पर्निे बताउँनु भयो ।


  आर्थीक र भौतकि मात्र सहयोग होइन आआफ्ना बालबालीकालाइ सामुदायक बिद्यालयमा भर्ना गरेरपनी  सहयोग गर्न सकिन्छ  यो पनी ठुलो सहयोग हो भन्नु भयो । बिद्यालयका शिक्षकहरुले गुणस्तरिय शिक्षा प्रदान गर्ने तर्फ अझ बढी मेहनत गर्न पर्ने आबश्यकता भएको समेत उँहाले बताउँनु भयो  , इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा रहेको राजेश्वरी माध्यमिक विद्यालय ले आफ्नो ५८ औ वार्षिकोत्सबको उद्धघाटन गर्दे उँहाले यस्तो बताउँनु भएको हो ।
वार्षिकोत्सब लाइ सम्बोधन गर्दै केन्द्रिय सदस्य सापकोटाले समृद्ध नेपाल र सुखी नेपालीको नारा शिक्षाको विकास पछी मात्रै सम्भव हुने कुरामा जोड दिनु भयो ।  बिहीबार विद्यालयको प्राङ्गणमा नेकपा का केन्द्रिय सदस्य शिक्षाबिद माधव सापकोटा सुबोध को प्रमुख अतिथ्यमा र विद्यालय व्यवस्थापन समिती का अध्यक्ष नेत्र प्रसाद आचार्यको सभापतित्वमा वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रम मा विशेष अतिथिको तर्फबाट बोल्दै  नेकपा जिल्ला अध्यक्ष झम्क नेपालले गुणस्तरिय शिक्षा प्रदान गर्न सके मात्र बिद्यालयको गरिमा उच्च रहने हुँदा त्यस तर्फ ध्यान दिन पर्ने बताउँनु हुँदै शिक्षाको बिकासका लागी शिक्षक मात्र होइन अभिभावक,ब्यबस्थापनसमितीका पदाधिकारी लगाएत सबैको सहयोगको आबश्यकता रहेको बताउँनु  भयो ।  कार्यक्रम मा विद्यालयको वार्षिक प्रगती विवरण विद्यालयका प्रधानध्यापक माधब प्रसाद सापकोटा ले प्रस्तुत गर्नु भएको थियो।  शिक्षक प्रताप सिङ तामाङले सन्चालन गर्नु भएको थियो ।वार्षिकोत्सब को अवसरमा भदौ १७ गते देखि अन्तर सदनात्मक प्रतीयोगीता का साथै बिभिन्न कार्यक्रमहरु गरिएको थियो ।




, , ,