विविध कार्यक्रम गरि जिल्लाभर मनाईयो वालदिवस


लोकप्रिय समाचार
राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि जिल्लाको १२ वटै स्थानिय तहमा मनाईएको छ । सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार भन्ने  नारा तयार गरेर बाल दिवस मनाईएको हो ।नेपालले प्रत्येक वर्ष भदौ २९ गते बाल दिवस मनाउने गरेको छ ।



यस क्रममा  भोटेकोशि गाउँपालिकामा भब्य  कार्यक्रम  गरि बाल दिवस मनाईएको छ । दुगुना स्थित गुप्तेश्वरि आधारभुत विद्यालयमा साँस्कृतिक नृत्यसहित हाजिरिजवाफ, म्युजिकल चियर जस्ता कार्यक्रम  गरिएको छ । बाल दिवसको अवसर पारेर भोटेकोशि गाउँपालिकाको प्रमुख राजकुमार पौड्यालले आफुले पाउने तलबभत्ता वाट २९ विद्यालयका वालवालिकालाई शैक्षिक सामग्री  वितरण गर्नुभएको  छ ।
त्यसै गरी
चौतारा साँगाचोकगढि नगरपालिकाले ५५ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर गरेको बाल सृजना प्रवर्द्धन कार्यक्रम अन्तर्गत नगरस्तरिय कविता वाचन, निबन्ध लेखन र चित्रकला कार्यक्रम  सम्पन्न  गरेको छ । कार्यक्रममा मेयर अमानसिँह तामाङ , उपमेयर जानुका पराजुलि , नेपाल कम्युनिष्ट  पार्टीका नेता सोम सापकोटा लगायतको सहभागिता रहेको थियो ।त्यसै गरि पाँचपोखरि थाङपाल गाउपालिका ४ मा रहेको रैथाने माध्यमिक  विद्यालयले र्या्लिसहित हाजिरिजवाफ र वत्तृत्वकला कार्यक्रम  गरि वालदिवस मनाएको विद्यालयका शिक्षक शेर वहादुर तामाङले वताउनुभयो ।  वाह्रविसे नगरपालिकामा प्रदेश सरकारका उद्योग , वन तथा पर्यटन मन्त्री  अरूण नेपालको प्रमुख आतिथ्यतामा भब्य  कार्यक्रम  गरि बाल दिवस मनाईएको छ । बाल दिवसको अवसर पारेर साँस्कृतिक कार्यक्रम सहित वादविवाद कार्यक्रमको आयोजना गरिएको  वमह्रविसे नगरपालिकाको उपमेयर शुशिला पाख्रिनले जानकारि दिनुभयो । ईन्द्रावति गाउँपालिकाले भने वालदिवसको अवसर पारेर गाउँ पालिकास्तरिय डिजिटल हाजिरिजवाफ प्रतियोगिता सम्पन्न  गरेको छ ।

, , ,