चौताराबाट अरनिको माइक्रोबस बिहान पनि

लोकप्रिय समाचार
पुर्व अरनिको यातायात सेवा प्रालीद्वारा चौताराबाट बिहान पनि माइक्रोबस सेवाको सुरु गरेको छ । नेपाल सरकारले नेपालीहरुको महान चाड बडा दशँैको अवसरका लागी देश भरि नै नागरिकहरुलाई कसरी सेवा दिन सकिन्छ भनेर सार्वजनिक यातायातको सडक इजाजत स्थगित गरि यात्रीले चाहेका स्थानमा चाहेको सवारी साधन प्रयोग गर्न सकुन् भन्दै सडक इजाजत स्थगित गरेको अवस्थामा उक्त प्रालीले भने आफ्ना यात्रीहरुलाई थप सुविधा दिनका लागी स्थायी रुपले माइक्रोबस सेवा थप गरी सेवा प्रदान गर्न लागेको हो । यो थप सेवा सँगै पुर्व अरनिको यातायात सेवा प्रालीले सिन्धुपाल्चोक जिल्लाको विभिन्न क्षेत्रमा सेवा संञ्चालन गरिरहेकोमा थप व्यवस्था गरिएको चौताराका कर्मचारी विरेन्द्र हिमालयले बताउनु भएको छ । उँहाका अनुसार काठमाण्डौँबाट बिहान ६ः०० बजे छुटेको बस चौतारा बजार हुँदै नवलपुरचोकबाट २ः३० बजे नवलपुरका लागी छुट्ने र दिनको १ः३०बजे काठमाण्डौँबाट छुटेको बस चौतारा बसपार्क हुँदै नवलपुर चोकबाट ४ः०० बजे छुटेर नवलपुर जाने व्यवस्था मिलाइएको छ । त्यसै गरी काठमाण्डौबाट ८ः०० बजे छुटेको बसलाई चौतारा बसपार्क हुँदै  नवलपुर चोकबाट २ः०० बजे छुटेर कुञ्चोक भोर्ले सम्म जामने व्यवस्था मिलाइएको छ ।  त्यसै गरि काठमाण्डौ बाट ९ः०० बजे छुटेका बस चौतारा बसपार्क हुँदै कुविण्डे जल्विरे ढाँडे सम्म जाने व्यवस्था गरिएको छ । प्रालीले डडुवा, ठुलोसिरुवारी, सानोसिरुवारी लगायत विभिन्न ग्रामीण क्षेत्रमा यातायात सेवा संञ्चालन गरिरहेको छ । चौताराबाट दिउँसो मात्र संञ्चालमा रहेको  माइक्रोबस सेवा बिहान पनि सुरु भएको छ । बिहान  टुडँीखेल बाट काठमाण्डौ जानका लागी ५ः५० र ६ः५० बजे  पनि  माइक्रो सेवा थप गरिएको छ । यसै गरि अब पुर्व अरनिको यातायातसेवा प्रालीले चौताराबाट मात्र बिहान ५ः५०, ६ः५०, दिउँसो  आइतबार सोमबार १ः०० बजे २ः१५, ३ः१५, अरु बार २ः१५,र ३ः १५ मा छुट्छ भने चाबहिल जाने बस टुडीखेलबाट १ः४० मा छुट्ने छ । बिहान ५ः४५ बजे देखी ४ः०० बजे सम्म २५ २५ मिनेटको फरकमा बस सेवा सञ्चालन गरिरहेको छ । हिमालयले यात्रीको माग बमोजिम अन्य गाँउ टोलमा पनि यातायात सेवा दिन प्राली तयार रहेको बताउनु भयो। 


,