गायन प्रतियोगितामा सम्भव थापा प्रथम

काठमाडौं ।  काठमाण्डौमा गायन प्रतियोगिता   भएको  छ । साइन स्टुडियोज काठमाडौंले फर्स्ट साइन स्टुडियोज साइनिङ स्टार गायन प्रतियोगिता २०७५ सम्मपन्न गरेको  हो ।

मैतिदेविस्थित साइनको स्टुडियोमा प्रतियोगितको ग्रान्ड फिनाले  कार्यक्रम गरेको  हो ।गत भदौ महिनादेखि सुरु भएको यो प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना गरिएको आयोजकले बताएको छ ।प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न स्कुलका ५०० जना भन्दा बढी विद्यार्थी सहभागी भएका थिए । ५०० जना विद्यार्थी मध्ये पहिलो चरणको अडिसनबाट १०० जना विद्यार्थी छनोट गरिएको थियो । दोस्रो चरणको अडिसनबाट ५० जना विद्यार्थीलाई प्रतियोगिताको लागि छनोट गरिएको थियो ।प्रतियोगितामा सहभागी विद्यार्थीलाई अडिसनमार्फत छनोट गरिएको थियो । अडिसनमा जज (निर्णायक)को रुपमा सांगितिक क्षेत्रका चर्चित हस्तीहरु लाक्पा शेर्पा, प्याट्रीक सिट्लिङ, बैलाश राई, सोदिप श्रेष्ठ , अनिश श्रेष्ठ, छिरिङ शेर्पा अबिरल, याकुब राई र प्रविण देसार रहनु भएको थियो । प्रतियोगितामा सहभागी भएका विद्यार्थीका ५० वटा गीत सार्वजनिक समेत भइसकेको छ । उक्त गीतहरु साइन प्रोडक्सन र ओएसआरको युट्युव च्यानलमा समेत  हेर्न सकिनेछ   भएको छ ।
विद्यार्थीले गाएको नयाँ गीतहरुमा गितारमा कुमार गुरुङ, ढोलक, तबला र मादलमा कुन्दन शाह, एरेन्जमा याकुब राई, एरेन्ज किबोर्डमा कुशल सिंह , बाँसुरीमा सबिन महर्जन र मोड्ल तथा कोरियोग्राफर  सोदिप श्रेष्ठले साथ दिनु भएको थियो ।
सार्वजनिक भएका गीतमा भिडियोग्राफी, फोटोग्राफी तथा सम्पादन सुरत श्रेष्ठले गर्नु भएको थियो  ।प्रतियोगितामा लिटल एन्जल स्कुल हात्तिवनमा कक्षा १० मा अध्ययनरत सम्भव थापा प्रथम हुनुभएकोथियो भने कान्तिपुर इङलिस स्कुल महाराजगन्जमा कक्षा १० मा अध्ययनरत डोल्कर शेर्पा दोस्रो र लिभरपुल स्कुल बानेश्वरमा कक्षा ९ मा अध्ययनरत बेगेन्द्र बुढा तेस्रो हुन सफल हुनु भएको  थियो । कार्यक्रममा प्रथम हुने विद्यार्थीलाई ५० हजार बराबरको नयाँ गीत (म्युजिक भिडियोसहित) को कन्ट्रयाक्ट, दोस्रो हुने विद्यार्थीलाई ३० हजार बराबरको नयाँ गीत (म्युजिक भिडियोसहित) को कन्ट्रयाक्ट र तस्रो हुने विद्यार्थीलाई २० हजार बराबरको नयाँ गीत (म्युजिक भिडियोसहित) को कन्ट्रयाक्ट गरिएको छ ।
प्रतियोगितामा अन्य विधातर्फ पनि पुरस्कार प्रदान गरिएको थियो । मोस्ट भ्यूवर युट्युव अन्तर्गत मल्पी सिटी स्कुल विशालटारमा कक्षा ३ मा अध्ययनरत विद्यार्थी एरोनलाल श्रेष्ठ पुरस्कृत  हुनु  भएको थियो  । त्यसै गरी बेस्ट जुरी अवार्ड अन्तर्गत ड्रिमल्यान्ड पब्लिक स्कुल बागबजारमा कक्षा १० मा अध्ययनरत निखिल डंगोल पुरस्कृत हुनु भएको थियो  । त्यसैगरी बेस्ट क्यामेरा पर्फमेन्सको उपाधि ब्राइट फ्यूचर स्कुल नैकापमा कक्षा १० मा अध्ययनरत नागिना श्रेष्ठले हाता पार्नु भएको छ  ।
बेस्ट भोकलको उपाधि विद्या विकास बोर्डिङ स्कुल जावलाखेलमा कक्षा १० मा अध्धयनरत बुद्ध लामाले जित्नुभएको  छ ।प्रतियोगितामा विद्यार्थीबीच ग्रान्ड फिनाले सम्पन्न भएको हो । टप १० मा पर्न सफल ब्लुबर्ड इङलिस स्कुल ललितपुरका गोबिन टमाटा, एडभान्स इङलिस स्कुल हाँडीगाउँका आरोगी कार्की र मल्पी सिटी स्कुल नक्सालका अबिप बराइलीलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थी र विभिन्न चार विधामा उत्कृष्ट हुने विद्यार्थी गरी सात जना विद्यार्थीको गीत साइन ठ स्टार नामक एलबममा समावेश गरिने भएको छ ।कार्यक्रममा शैक्षिक ज्ञानका अलावा विद्यार्थीमा रहेको गायन प्रतिभा प्रस्फुटन गराउने उदेश्यले  प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका बारेमा  प्रकाश पार्दै मोड्ल तथा कोरियोग्राफर  सोदिप श्रेष्ठले जानकारी दिनुभयो  । प्रतियोगिताको सल्लाहकारका रुपमा सुनिल केसी, सोदिप श्रेष्ठ, सरिता प्रजापति र जुनु गौतम रहनु भएको थियो ।
प्रतियोगिताको आयोजक साइन स्टुडियोज विगत दुई दशकदेखि सञ्चालनमा रहेको छ । मैततीदेवीमा रहेको यस स्टुडियोबाट हालसम्म हजारौं गीत तथा भिडियो निर्माण भइसकेका स्टुडियोका सञ्चालक अनिश श्रेष्ठले जानकारी दिनु भयो   । अनिश गायक, संगीतकार, एरेन्जर तथा गीतकार समेत हुनु  हुन्छ । प्रतियोगिता सुरेन्द्र श्रेष्ठको संयोजनमा सम्पन्न भएको साइन स्टुडियोका  श्रेष्ठले जानकारी गराउँनु भयो  ।

, , ,