बन्यजन्तु तस्कर रोकथाम गर्न सबैको सहयोग आबश्यक पर्ने





राधीका गिरी वन्यजन्तु तस्करलाई रोकथाम गर्न समय समयमै सरोकारवालाहरु बिच छलफल हुनुपर्ने, बन्यजन्तु तस्कर रोकथाम गर्न सबैको सहयोग आबश्यक पर्ने 
प्र्रमुख जिल्ला अधिकारी गोमादेबी चोम्जोङले बताउनुभएको छ  ।
उहाँले सिन्धुपाल्चोक जिल्लामा वन्य जन्तु तस्करलाई रोकथाम गर्न पनि यस्ता कार्यक्रमले ठुलो सहयोग पुग्ने बताउनुभएको छ । उहाँले सिन्धुपाल्चोक चौतारमा भएको वन्यजन्तु संरक्षण विषयक दुई दिने अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै यस्तो बताउनुभएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चेम्जोङले विगतका दिनमा जे जस्तो भएतापनि आगामी दिनहरुमा सालक लगायतका जीव जन्तुहरुको संरक्षणमा आ–आफ्नो ठाउँबाट सबैले हातेमालो गरी अगाडी बढ्नुपन बताउनुभयो । 
वन्यजन्तु सिकार गर्ने र त्यसको तस्कर गरी आर्थिक लोभमा समेत परि यस्ता काममा  संलग्न हुने प्रवृत्ति बढ्दै गएको देखीएको बताउँदै त्यसको न्युनिकरण गर्नको लागि यस्ता कार्यक्रमले सहयोग गर्ने  हँुदा आफुले गर्नुपर्ने सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो । 
कार्यक्रममा हिमालयन नेचरका प्रशिक्षक दिपेन्द्र अधिकारीले “सालक भनेको स्तनधारी जनावर  भएको र  नेपालमा सालक दुई प्रकारका पाइने बताउँनु भयो  । सालकलाई किसानको साथी समेत भनिन्छ ।” अधिकारीले भन्नुभयो । “सालकले खेतीबारीमा लाग्ने खेतीबालीमा हानी गर्ने कमिला, धमिरा साथसाथै विभिन्न हानिकारक किरा फट्याङ्ग्रा  आफ्नो आहारा बनाउने हुँदा किसानलाई खेतीपातीमा किरा, कमिला तथा धमिरा लाग्ने रोगबाट बचाउने काम गर्दछ,  त्यसैले किसानको साथी भनीएको समेत बताउँनु भयो । सालकले कमिला र धमिरा ३० सेन्टिमिटर देखि १०० सेन्टिमिटर टाढाको दुरीबाट तानेर खाने गर्दछ । यसको  तौल ३३ के.जी. देखि ३४ के.जी. सम्मको हुन्छ । नेपालमा चाइजिन र इन्डियन गरि दुई प्रजातीको सालक पाईन्छ ।” अधिकारीले जानकारी दिनुभयो । नेपालको ४३ वटा जिल्लामध्ये २५ वटा जिल्लामा प्रसस्त मात्रामा सालक पाइने कुरा पनि अधिकारीले बताउनुभयो ।
सालकलाई भगवान शिवको अवतारको रुपमा पनि मानिने परम्परा नेपाली समाजमा रहि आएको पाइन्छ । सालकको आँखाको दृश्टि कमजोर हुने हुँदा यसलाई सजिलै समाउन सकिने अधिकारीले बताउनुभयो । 
त्यसैगरी राष्ट्रिय तथा अन्तराष्ट्रिय वन्यजन्तु कानुन सम्बन्धि ऐन नियम, यसको तस्करी गर्दा दिइने सजाय र यसका विभिन्न बेफाइदाबारे प्रशिक्षक अधिकारीले स्पष्ट बताउनुभयो । 
सिन्धुापल्चोक जिल्ला, चौतारा सब–डिभिजन कार्यालय चौतारा, हिमालयन नेचरको संयुक्त आयोजनामा २ दिने अन्र्तक्रिया कार्यक्रम सञ्चालन भएको हो  । उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रमुख अधिकारी गोमा देवी चेम्जोङ रहनु भएको थियो भने  विशेष  अतिथि जिल्ला वन कार्यालयका अधिकृत तुलाराम घिमिरे, रहनु भएको थियो  कार्यक्रममासब–डिभिजन कार्यालयका अधिकृत हेमचन्द्र महत्व  लगायत को उपस्थिती रहेको थियो ।  

, , ,