प्रमाणपत्रमै सिमित भयो तालिम


रूपक पुरी
लोकप्रिय समाचार
तालिम पाएको प्रमाणपत्र हातमा छ । घरमै बसी इलम गरि दुई चार पैसा कमाउने उत्साह पनि छ । तर प्रमाणपत्र  र उत्साह दुवैको उपयोग छैन । पोहोर मंसिरमा लप्सीको क्यान्डि बनाउने तालिम लिनुभएका मेलम्ची नगरपालिका १० शिखरपुरका ठाकुर खनाल अहिले अलमल्लमा पर्नुभएको छ। तालिमपछि दुईचार पैसा कमाउन समस्या नहुनेमा खनाल ढुक्क हुनुहुन्थ्यो । तर गत भदौमा क्यान्डि बनाएर मेलम्ची लादा बिक्नै सकेन । पाँचपोखरी थाङपाल ६ थाङपालधापका नवराज भट्टराईले पनि सिन्के धुप बनाउने तालिम लिएको वर्षाै भयो । तर धुपलाई चाहिने सुगन्धित वस्तु स्थानीय बजारमा नपाएर धुप बनाउन सक्नुभएन । उहाँहरू मात्रै  होईन पाँचपोखरी थाङपाल ६ स्यालेकी कल्पना ज्योतिले मानुसि लघुवित्तबाट लिएको झोला बनाउने तालिम पनि उपयोगविहिन भएको छ । विभिन्न संस्थाहरूले दिने सिममुलक तालिमको उपादेयता कति छ भन्ने नतिजा ठाकुर, नमराज र कल्पनाको भोगाईले दिएको छ ।सिपमुलक तालिम लिनेहरू गाउँ गाउँमा दिनदिनै बढिरहेका छन् । तर, तालिमलाई उपयोग गरि व्यवसायी बनेको भेट्टाउन हम्मेहम्मे पर्छ । कारण के होला ?  कल्पना भन्नुहुन्छ, कहिल्यै सुईरो नसमाएको मान्छेलाई एक हप्ते झोला बुन्ने तालिम दिएर व्यवसायी बन भनेपछि यस्तै हुन्छ ।उहाँका अनुसार तालिम दिईनु अघि प्रशिक्षार्थीको क्षमता, लगाव तथा कच्चा पदार्थको सुलभता र बजारको अध्ययन नगरिनुले नै यसको उपयोगीता नभएको  हो ।

, , , ,