काङ्गे्रसको जनजागरण हेलम्बुमा


लोकप्रिय समाचार
हिमाल,  पहाड, तराई, मधेस नेपाली काङ्ग्रेसको दोस्रो चरणको जनजागरण कार्यक्रम हेलम्बु गाउँपालिमामा सम्पन्न भएको  छ ।

कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधि तथा प्रदेश सभासद प्रभात लामाले काङ्ग्रेसले जागरण अभियानबाट सुधार्नु पर्ने कुरा धेरै रहेको बताउँदै नेपाली काँग्रेसवाट जननिर्वाचित प्रतिनिधि र पार्टी फरक दिसामा लाग्नु गलत भएको  बताउँदै टिकट पाउनेले नेपाली काङग्रेसको हितविपरित लाग्न नहुने भनाई व्यक्त गर्नुभयो । जिल्ला  सभापति विकास लामाले जिल्ला कार्य समितिको भावी रणनीतिका बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस सिन्धुपाल्चोककका जिल्ला सचिव विल बहादुर तामाङ, क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश क का उम्मेद्ववार विकास तामाङ लगायतले जागरण कार्यक्रममा आआफ्नो भनाइ  राख्नुभएको थियो ।

, , , , ,