जिल्ला अस्पताल सुधार्न एक करोड


लोकप्रिय समाचार
प्रदेश ३ सरकारले सिन्धुपाल्चोक जिल्ला अस्पतालको सृदृढिकरण गर्नको लागि रकम छुट्याएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने जिल्ला अस्पतालको लागि चालू आर्थिक वर्षमा एक करोड विनियोजन गरेको छ । प्रायः जसो जिल्ला अस्पताल रेफर सेन्टरको रूपमा रहदै आएको भन्दै यसको सुधार आवश्यक रहेकोले बजेट विनियोजन गरेको सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनुभयो । उहाँका अनुसार प्रदेशका  ८ वटा जिल्ला अस्पताल सृदृढिकरण गर्न ९ करोड ५० लाख विनियोजन गरिएको छ ।

, ,