यसबर्षको नेपाल संवतकार्तीक१३ गते


लोकप्रियसमाचार नेपालभाषा मंकाः खलः काठमाडौंले यो वर्ष नेपाल संवत् ११४० नयाँ वर्ष तथा म्हःपूजा कात्तिक १२ गते मंगलबार मनाउन आग्रह गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशित गरेको पात्रोअनुसार परम्परामा अलमल सिर्जना भएको भन्दै नयाँ वर्षको प्रथम दिन नै म्हःपूजा गरिने खलःले जनाएको छ । यस्तै, कात्तिक ११ गते सोमबार औंसीका दिन लक्ष्मीपूजा तथा कात्तिक १३ गते बुधबार द्धितीयाको दिन भाइटीका मनाउन नेवार समुदायलाई आग्रह गरेको छ ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले पञ्चाङ्ग निर्णायक समितिलाई तिथिको गणितमात्र नभइ परम्परादेखि चल्दै आएको व्यवहारमा पनि ध्यान दिन आग्रह गर्नू भएको हो  ।प्रा. डा. त्रिरत्न मानन्धरले तिथिमा आधारित परम्परा व्यवहारमा लागू गर्ने उपायहरु रहँदा–रहँदै पनि समितिले गर्ने बेवास्ताप्रति असन्तुष्टि जनाए । धर्मोदय सभाका अध्यक्ष यज्ञमान पतिले लक्ष्मीपुजा, म्हपुजा र किजापुजा तीन दिन मनाउने चलन परमपरागत संस्कृति रहेको जानकारी गराए । सो अनुसार निम्न स्वरुपमा स्वन्ति पर्व मनाउनु पर्नेमा सबै एकमत रहेको छ ।
लक्ष्मीपुजा ने.सं. ११३९ कौलागा औसी (कार्तिक ११ – सोमबार नेपाल संवत् ÷नयाँ वर्ष, म्हपुजाने.सं. ११४० कछलाथ्व प्रतिपदा (कार्तिक १२ – गलबार किजापुजा÷भाईटिकाने.सं. ११४० कछलाथ्व दुतीया  (कार्तिक १३ – बुधबार (नेपाल पचाङ्ग समितिको प्रकाशित पात्रोमा यी तिथिहरु निरन्तर छ, दोहरिएको वा खण्डित छैन) नेपाल संवत् सदा कछलाथ्व प्रतिपदाका दिन परिवर्तन हुने छ । यसै दिनमा नेवारहरूले म्हपुजा गर्ने चलन सयौंवर्ष अधिदेखि व्यवहारमा रहेको छ । औसिका दिन म्हपुजा गर्नु र दुतियाका दिन नेपाल संवत् परिवर्तन हुने भनी दुष्प्रचार गरेर म्हपुजा र नयाँ वर्ष अलग्ग गरि विभाजन ल्याउनु,किजापुजा प्रतिपदाका दिन गर्ने भनी विवादास्पद तिथि उल्लेख हुनु नेपालको मौलिक नेवार संस्कृति ,परम्परागत मान्यताको विपरित रहेको तथ्य विज्ञ, संस्कृतिविद,  सरोकाकारवालाहरूमा एकैमत रहेकोले परम्पराअनुरूप यस वर्षको स्वन्ति पर्वमा एकताकायम गरि हर्षोउल्लाका साथ ‘म्हपुजा’ र ‘न्हूदँया भिंतुना’ ¥याली मनाउन सबैमा अनुरोध गरेको छ । नेपाल सरकारले पनि सोहि अनुरूप सार्वजनिक विदा घोषणा गर्नपनि माग गरेको छ ।

,