नँयाबसपार्क देखी चौतारा स्तरिय सेवा शुरु
लोप्रियसमाचार सिन्धुपाल्चोक जिल्लाबाट अब सिधै नँयाबसपार्क जान पाइने भएको छ । सिन्धु पाँचपोखरी यातायात सेवा प्रा.लि.ले सुबिधा युक्त यातायात संञ्चालन गर्न लागेको जनाएको छ ।
सिन्धुपाल्चोक जिल्ला बाट काठमाण्डौको नँयाबसपार्क सम्म जानका लागी प्रालीले सेवा शुरु गरेको प्रालकिा अध्यक्ष खिलबहादुर श्रेष्ठले बताउँनु भयो । सिन्धुपाल्चोकबाट राजधानी हुँदै बिरगंञ्ज, भैरहवा तथा तराइका बिभिन्न भागमा र नुवाकोट जाने यात्रीहरुलाइ केन्द्रीत गरेर यो सेवा सञ्चालन गर्न लागेको समेत श्रेष्ठले बताउँनु भयो । खाश गरि नँयाबसपार्क क्षेत्रका यात्रुहरुलाई ध्यानमा राखेर सिन्धु पाँचपोखरी यातायात सेवा प्रा.लि.ले यो यातायात सेवा सुरु गर्न लागेको प्रालीले जनाएको छ । बर्तमान सरकारले यातायातसेवा सँग सम्बन्धीत सेण्डीगेट खारेज गरी कम्पनीको नामबाट सेवा संञ्चालन गर्न प्रोत्साहन गरे पछी यसरी प्रतिस्पर्धा हुन लनगेको हो । आगामी असोज १० गते शुक्रबार बाट प्रा.लि.ले यातायातसेवा सुरु गर्न लागेको जनाएको छ । चौतारा टुँडीखेलबाट काठमाण्डौको कोटेश्वर र चावेल हँुदै नँयाबसपार्क सम्म र पुनः सोही रुटबाट फिर्ता हुने गरी जम्बो हाइस फिल्म हेर्दै स्तरिय सेवामा साबीक भाडामा यात्रीहरुले यात्रा गर्न पाउँने भएका छन । हालमाइक्रो बस र टाटाका डिलक्स बसहरुबाट सेवा सञ्चालन शुरु गरिने र पछी जिल्लाका हरेक पालीकामा समेत सेवा दिने योजना रहेकोे प्रा.लि.का अध्यक्ष श्रेष्ठले बताँउनु भयो । गर्मीका मौसममा चिसो पानी जाडोमा तातोपानी चियाका साथै हरेक सवारी साधानमा सामान्य औषधीहरुको सुबिधा रहने बताउँनु भयो । उँहाका अनुसार हाल नँयाबसपार्क बाट बिहान ५३०बजे ६बजे र ६३०बजे ७बजे र दिउसो ३बजे ३ः३०बजे गरी ६क्यु संञ्चालन हुने छ भने चौताराबाट पनी बिहान ६ बजे र ७ बजे दिउँसो २ः३० बजे ३बजे ३ः३०बजे र ४बजे गरी ६क्यु संञ्चालन हुने समेत श्रेष्ठले जानकारी दिनु भयो । यस अघी अरनिको यातायातसेवा समितीले यातायात सञ्चालन गरिरहेको थियो भने सरकारले समिती माथी प्रतिबन्ध लगाए पछी अरनिको पुर्ब यातायात सेवा प्राली ले जिल्लाको गाँउ गाँउमा सडक संञ्जालले भेटेको ठाँउमा यातायात संञ्चालन गरिरहेको छ ।