नेपाल कम्युनिष्ट पार्टीले सबै तहमा जिम्मेवारी तोक्यो


रूपक पुरी
लोकप्रिय समाचार
नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकको दोस्रो वैठक सम्पन्न  भएको  छ । बैठकवाट प्रतिनिधि सभा र प्रदेश सभाको संयोजक र सहसंयोजक, १२ वटै स्थानीय तह कमिटीको ईन्चार्ज, ससहईन्चार्ज, अध्यक्ष, सचिव र विभाग प्रमुख, उपप्रमुख तथा जनसङ्गठनको ईन्चार्ज र सहईन्चार्जको जिम्मेवारी तोकेको छ । प्रतिनिधि सभा १ मा संयोजकमा गणेश विक र सचिव तथा प्रशासन विभाग प्रमुखमा यज्ञ सापकोटाले जिम्मेवारी  पाउनुभएको छ । प्रतिनिधि सभा २ को ईन्चार्जमा मित्रलाल चौलागाई र सहईन्चार्जमा भरत थापा चयन हुनुभएको छ । क्षेत्र  नम्बर  १ को प्रदेश क मा संयोजक भेषराम ढकाल र सचिवमा दिपेन्द्र भण्डारी प्रदेश ख मा होम नारायण श्रेष्ठ, सचिवमा प्रताप सिंह तामाङले जिम्मेवारी पाउनुभयो । क्षेत्र  नम्बर २ को प्रदेश क मा जानुका पराजुली संयोजक र विष्णुमणि आचार्य सहसंयोजक हुनुभएको छ भने  प्रदेश ख मा संयोजक मुना ढकाल र सहसंयोजक सोमर बम्जनले जिम्मेवारी प्राप्त गर्नुभयो । पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा शिशिर वाईवा, ईन्चार्ज निर्मल बञ्जरा र सहईन्चार्जमा लमजङ शेर्पा चयन हुनुभयो । बाह्रबिसे नगरपालिकामा ईन्चार्ज देवि वहादुर पराजुलि, सहईन्चार्ज सुुशिला पाख्रिन, अध्यक्ष ज्ञानेन्द्र राउत र सचिव ईन्द्रजित तिमल्सिना  जुगल गाउँपालिकामा ईन्चार्ज जरा लामा, सहईन्चार्ज रेशम स्याङ्वो र रामचन्द्र थापा, अध्यक्ष पदम श्रेष्ठ, सचिव लक्ष्मण लामा चयन हुनुभयो । हेलम्वुमा ईन्चार्ज फुर्वा स्याङ्वो, सहईन्चार्ज द्वय छिरिङ ग्याल्वो लामा र वेन वहादुर पण्डित, अध्यक्ष अर्जुन कुमार भण्डारी र सचिव दिपक लामिछानेले जिम्मेवारी पाउनुभयो भने चौतारा साँगाचोकगढि नगरपालिकाको ईन्चार्जमा रामचन्द्र बस्नेत ,सहईन्चार्ज श्यामकृष्ण श्रेष्ठ , अध्यक्ष चन्द्र धिमालकोटि र सचिवमा ईश्वरी श्रेष्ठ ले जिम्मेवारी पाउनुभएको छ । मेलम्ची नगरपालिकाको ईन्चार्ज उदेन आलेमगर, सहईन्चार्ज घननाथ पराजुली, अध्यक्ष डम्बर अर्याल र सचिव गोपाल नेपाल, ईन्द्रावती गाउँपालिकामा ंसंयोजक डालबहादुर सापकोटा, सहईन्चार्ज वीर वहादुर तामाङ, खिल बहादुर गिरी, अध्यक्ष नुन बहादुर सापकोटा र सचिवमा बुझुङ लामाले जिम्मेवारी पाउनुभयो भने भोटेकोशिमा संयोजक अमृत खड्का ईन्चार्ज, सहईन्चार्ज कुमार राउत र राजु घताने, अध्यक्ष आङछिरिङ शेर्पा र सचिव छेवाङ शेर्पा  रहनुभएको छ ।  लिसंखुपाखरमा भने संयोजक पुर्ण बहादुर तामाङ ईन्चार्ज, सहईन्चार्ज शमशेर शाक्य  र फुलम तामाङ, अध्यक्ष सुर्य लामा र सचिवमा राजु लामा चयन हुनुभएको छ। सुनकोशीमा ईन्चार्ज पुरूषोत्तम भण्डारी, सहईन्चार्ज ईन्द्र खत्री र देवी भण्डारी, अध्यक्ष प्रेम लामा, सचिव अमर लामा बलेफी गाउँपालिकामा ईन्चार्ज गंगा तामाङ, सहईन्चार्ज तेज  वहादुर थापा, अध्यक्ष डम्बरबहादुर थापा र सचिवको जिम्मेवारी उज्जर बहादुर कार्कीले जिम्मेवारी पाउनुभयो । विद्यार्थीको ईन्चार्जमा सिता थापा र सहईन्चार्ज सिपि दुलाल छनोट हुनुभयो ।

, , , , ,