तरकारीले उकास्यो जिवनस्तर


रुपक पुरी
लोकप्रिय समाचार
धन कमाउन विदेश जानु पर्दैन । यसको दरिलो उदाहरण वनेका छन्, भिमटारको वट्टार गाउँका दनुवारहरु। तरकारी खेतीबाट वार्षिक दुई लाख आम्दानी लिन थालेको विपिन दनुवार बताउनुहुन्छ ।

तरकारी खेतीमा लाग्ने हौशला भने टुकि संघ सुनकोशीको सबल कार्यक्रम र सप्रोश सस्थाले प्रदान गरेको उहाँले बताउनुभयो । सबल र सप्रोस मिलेर गाउँमै तरकारी सङ्कलन केन्द्र बनाएर स्थानीयलाई हस्तान्तरण गरेका छन् ।
तरकारी सङ्कलन केन्द्र सँगै दुग्ध चिस्यान केन्द्र पनि सञ्चालन भएको प्रमोद दनुवारले बताउनुभयो ।
भिमटारको वट्टार गाउँमा अहिले तरकारी खेतीको लागि एक घर एक टनेल निर्माण  गरिएको छ ।सिँचाइको लागि बनाईएको प्लास्टिक पोखरीमा माछा पनि पालिएको छ ।
माछाबाट राम्रो मुनाफा भएको हर्क  दनुवार बताउनुहुन्छ । तरकारीमा सिँचाइ पनि हुने र माछा पनि पाल्न पाउँदा दोहोरो फाइदा भएको उहाँको अनुभव छ। उहाँले फर्सी, काँक्रो, गोलभेँडा, वन्दा, खुर्सानी लगाउनुभएको छ । उनीहरु मात्रै होइन, प्रमोद दनुवार, माइला दनुवार, सावित्री दनुवार,  रामशरण दनुवार, गिता दनुवारले पनि तरकारी र माछावाट राम्रै आम्दानी गरेको ईन्द्रावती गाउँपालिकाको कृषि प्राविधिक रेशम रेउलेले बताउनुभयो ।

, , , , ,