वडा नं १४ मा ट्रान्समिटर जडान उद्धघाटन कार्यक्रम सम्पन्न

सन्तोष भण्डारी
लोकप्रिय समाचार
चौतारा सागाँचोकगढी वडा न १४ स्थित झुलेटार र रानिटारमा २ वटा ट्रान्समिटर जडान उद्घाटन कार्यक्रम चौतारा सागाँचोकगढि नगरपालिकाका प्रमुख अमानसिंह तामाङद्धारा हिजो उद्घाटन गरिएको छ । ट्रान्समिटर टाढा भएको कारणले  बिजुली बत्ती मधुरो हुने, गाउँमा मिल नभएकाले टाढा जानुपर्ने समस्या भएको कारणले त्यहाँको जनताको माग अनुसार ट्रान्समिटर जडान गरिएको चौ.सा गढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले बताउनु भएको छ ।                

ट्रान्समिटर जडान गर्न पाउँदा झुलेटार र रानिटारको स्थानीय बासिन्दा मात्र नभई आफू पनि धेरै खुसी भएको बताउनुभयो । आफूले चुनावमा बोलेको कुरा पूरा गर्न पाएकोमा धेरै खुसी व्यक्त गर्नुभयो । उहाँले बिस्तारै खानेपानी, बाटोको बिस्तारै व्यवस्थित हुँदै जाने र  वडावासीको क जुनसुकै समस्यालाई समाधन गर्दै लैजाने र छिटै नै सिङ्गो चौतारा नगरपालिका भित्रका सबै वडाहरु काठको पोल मुक्त हुने बताउनुभयो ।
सिन्धु दोलखा प्राधिरणका प्रमुख सानोबाबु थापाले एक महिना भित्रै कम गरेकोमा धरै धन्यवाद दिनुभयो । त्यस्तै चौसागढी वडा नं १४ का वडाध्यक्ष शेर बादुर श्रेष्ठले १४ नं वडाले झुलेटार, रानिटार र असिनेमा गरेर तिनवटा पचास वाटको ट्रान्समिटर जडान गर्ने, सहयोग गर्ने चौसागढी नगरपालिका र लामोसाघुँ प्राधिकरणलाई धेरै धन्यवाद दिदै वडाम विदुतको समस्या हटेको बताउनुभयो । ट्रान्समिटर अब वडावासीले पनि विद्युत महसुल बुझाउने र कसैले तारमा अङ्कुशे(हुक) प्रयोग गरेर विद्युत चुहावट गर्न नहुने र कुनै पनि व्यवसाय गर्दा नगरपालिकामा दर्ता गरेर मात्र व्यवसाय गर्नुपर्ने बताउनुभयो । खानेपानी समस्याको हेल्प जर्मन र वडाको सहयोगमा लिफ्ट खानेपानी ल्याउन लागेको र छिटै नै सम्भव भएसम्म एक घर एक धारा दिने पनि बताउनुभयो।
रानिटार र झुलेटारमा ट्रान्समिटर उद्धघाटन कार्यक्रममा रानिटारमा झमलादेवी प्रावि झ्याडीका प्रधानाध्यापक लाल बहादुर श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । यस्तै गरी झुलेटारमा डडुवा भवानी शंकर माविका प्रधानाध्यापक बद्री प्रसाद नेपालले काउयक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा चौसागढी नगरपालिकाका सल्लाहकार चन्द्र प्रसाद सापकोटा, विभिन्न विद्यालयका शिक्षकहरु, वडा सदस्य, इञ्जिनियर तथा स्थानीय वासीको उपस्थिती रहेको थियो । 

,