भुक्तानी नपायपछि मेलम्चीमा धर्ना


रुपक पुरी
लोकप्रिय समाचार
मेलम्ची  खानेपानि आयोजनाको काम छाडेको निर्माण कम्पनी सियमसिवाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने  भन्दै मेलम्चीमा धर्ना कार्यक्रम  गरिएको छ । समिति बनायर स्थानीय मजदुर, सहायक निर्माण कम्पनी  र सप्लायर्सले १८ गतेवाट अनिश्चितकालीन रूपमा  मेलम्ची खानेपानि कार्यालयमा धर्ना वसेका छन् ।

गतसाता समितिले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सात दिने अल्टिमेटम सहितको ज्ञापन पत्र वुझाएका थिए । गत असारमा जिल्ला प्रशासन कार्यालय सहित जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङको सम्योजकत्वमा कार्यदलले प्रतिवेदन बुझाएको थियो । समाधान गर्छौ भन्ने प्रतिवद्दता सरकारले गरेपनि हालसम्म कार्यान्वयन नभएकोले आन्दोलन गर्नुपरेको समितिका सँयोजक विष्णुमणि आचार्यले जानकारि गराउनुभयो ।
सरकारले सियमसिवाट चार अर्व रुपैयाँ जफत गरेको सङ्घर्ष समितिको दाबि छ । मेलम्ची खानेपानी विकास समितिले भने सियमसिसँग उनिहरुको कारोवार भएकोले सरकारले सिधै भुक्तानी गर्न नमिल्ने वताउदै आएको छ ।


, , , ,