श्रीछापको स्वास्थ्य शिक्षा कार्यक्रम ठुलोसिरुवारीमा


राधिका गिरी
लोकप्रिय समाचार
चौतारा सागाँचोकगढी नगरपालिका वडा नं १३ स्थित श्री छाप देउराली सामुदायिक वनको सभाहलमा प्राकृतिक जीवन शैलमिा आधारित आयु र स्वास्थ्य र शिक्षा कार्यक्रम सम्बन्धी कार्यक्रम भएको छ । डा. अरुणा उप्रेतीको प्रमुख अतिथ्यतामा भएको थियो । सानासाना गल्तीले ठूलो रोग निम्त्याउने अधिकांश नेपालीको परम्परा नै बनेको छ । यसको न्यूनीकरण कसरी गर्न सकिन्छ र जंग फुडलाई नियन्त्रण गरी आफ्नो घरमा उत्पादित खाना खाने बानी राख्दा रोगको सिकारबाट बच्न सकिने बताउनुभयो । भान्साघर ठूलो अस्पताल हो, यसलाइृ अस्पताल बनाउने जिम्मा हाम्रै हो भनी उपभोक्तालाई जानकारी दिनुभयो । पैसा तिरेर रोग किन्ने प्रचलनले मानिसलाई ठूलो रोग निम्त्याएको छौँ । हामी आफैँले आफ्ना लागि उपचार गर्ने डाक्टर आफैँ बन्न सक्ने भएका सरसफाइलाई ठूलो ध्यान दिनुपर्ने कुरा बताउनुभयो । अभिभावकले जे सिकायो बच्चाले सोही कार्यलाई पच्छ्याउने हुँदा हामीले जे सिकायो त्यही सिक्छन्, राम्रो कार्यलाई अगाडि बढाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । प्राकृतिक डाक्टर नरेन्द्र हमालले हामीले खाना खाने बानी सही तरिकाले खाने र पानी पिउँदा कसरी पिउने र जिउने तरिकाबारे बताउनुभयो । आफ्नो स्वास्थ्यो ठूलो डाटर आफैँ हो । मानिसले आहार, विहार र विचार परिवर्तन ग¥यौ भने सदैव स्वस्थ जीवन बिताउन सक्छौ । विदेशी नक्कल गरेर आफ्नो मौलिक पद्धति बिर्सनाले जीवनकालमा ठूलो अपठेयारा आउने गर्छन् भनी बताउनुभयो । उहाँले आफ्नो स्वास्थ्यलाई असर गर्ने खानेकुराहरु नखान र विभिन्न रोग र समाधानकोबारे  जानकारी दिनुभयो। 

उक्त कार्यक्रम श्री छाप देउराली सामुदायिक वन सभाहलमा श्री सन्सारी डाँडा साविक ठुलोसिरुवारी र समृद्धी फउन्डेसन नेपालको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा प्रमुख अतीथी उप्रेतीले स्वास्थ्य नै धन हो र स्वास्थ्य सवना अन्य कुराको सम्भव छैन। यसको संरक्षण गर्न जरुरी रहेको बताउनु भयो । उप्रेतीले हामीले खासै दैनिकी खानपानले स्वास्थ्यलाई ठूलो असर पार्ने कुरा जानकारी दिनुभयो । हामीले स्थानीय खाद्यान्नलाई लवाइ अन्य बाहिरी खानेकुरा खानाले धेरै मानिसहरु विभिन्न रोगको सिकार बन्न पुगेका छन्, उहाँले भन्नुभयो ।

श्री छाप देउराली सामुदायक बन उपभोक्ता समितिको अध्यक्ष दयालक्ष्मी श्रेष्ठले स्थानीय स्तरबाट परिवर्तन गर्न सक्यौ भने राम्रो परिवर्तन हुन्छ । घरघरबाट परिवर्तन हुन सके, राष्ट्र परिवर्तन अवश्य हुनछ, उहाँले भननुभयो । उपभोक्ताहरुको स्वास्थ्यमा आएका विभिन्न रोगको समस्या देखा परेपछि यसको समाधान गर्ने उद्देश्यले यस कार्यक्रमको आवश्यक रहेको उहाँले बताउनुभयो। स्थानीय रुपमा उत्पादन भएका खाना खानाले रोगबाट बच्न सक्ने विश्वास दिनुभयो । आफ्नो स्वास्थ्य बलियो भएमा अन्य कुराको सम्भव हुन्छ । आजैबाट परिवर्तनीय रुपमा अगाडि बढ्न सम्पूर्ण उपभोक्तालाई जानकारी दिनुभयो । सिन्धुपाल्चोकको मानिस आधिकांश रुपमा क्यान्सर पिडित हुने भएकाले यसबाट बच्न आजैबाट सरसफाइ र खानपानमा ध्यान दिनुपर्ने कुरा बताउनुभयो । वन उपभोक्ता समितीले यसरी मानवीय स्वास्थ्य सम्बन्धी कार्यक्रम गरेकोमा उपस्थितीहरुले  खुृशी व्यक्त गरेका छन् ।

, , , , , ,