आन्दोलनको माहोल ततायो सांगितीक कार्यक्रमले


रुपक पुरी
लोकप्रिय समाचार
मेलम्ची खानेपानी आयोजनाको सियमसिवाट पिडितले आन्दोलनको आठौँ दिन शान्तिपूर्ण धर्नामा सांंगितीक कार्यक्रम राखी आन्दोलनलाई जारी राखेका छन् । बुधवार मेलम्ची बजारमा चर्चित लोक गायक तथा गायिका प्रदिप रोक्का, सुर्यमणि आचार्य र कल्पना दाहालले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै हौसला बढाउने गितहरू गाएर भरपुर मनोरञ्जन दिलाए । कार्यक्रमलाई सम्वोधन गर्दै मेलम्ची नगरपालिकाको उपमेयर भगवती नेपालले पिडितहरूको मागको छिट्टै  सम्वोधन हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो । आन्दोलन गर्दै आएका सिएमसि पिडितहरूको संयोजक  विष्णुमणि आचार्यले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो । ९ महिना अघि ठेक्का तोडेर सियमसि फर्किएपछि मेलम्चीको काम ठप्प  छ ।

, , ,