भूकम्प पिडितलाई निर्माण सम्पन्नताको प्रमाणपत्र


रूपक पुरी
लोकप्रिय समाचार
मेलम्ची नगरपालिका १० शिखरपुरका ७ सय ६५ भूकम्प पिडित परिवारलाई निर्माण सम्पन्नताको प्रमाणपत्र वितरण गरिएको छ । शनिवार एक कार्यक्रमका बिच घर निर्माण गर्नेलाई प्रमाणपत्र वितरण गर्दै मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले पुननिर्माणलाई अझ तीव्र गतिमा अगाडि  बढाउन आग्रह गर्नुभयो  ।


आफ्नो वडाभित्रको सबै भूकम्प पिडितहरूलाई चाँडो भन्दा चाँडो आवास निर्माण सम्पन्न गरि प्रमाणपत्र लिन आग्रह गर्दै वडा अध्यक्ष भक्त बहादुर खड्काले प्रमाणपत्र लिने भूकम्प पिडितहरूको प्रशंसा गर्नुभयो  । यसैगरी शुक्रबार भुकम्पले भत्काएका चौतारा सदरमुकामको कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्र, मालपोत कार्यालय, डिभिजन कार्यालय र सिडियो कार्यालयको आवास भवनको पुर्ननिर्माण सकेर उद्घाटन गरिएको छ ।

,