विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण


लोकप्रिय समाचार
भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले आफ्नो तलब भत्ताको रकमले गाउँपालिका भित्रका २९ विद्यालयलाई शैक्षिक र खेलकुद सामाग्री वितरण गर्नुभएको छ । सरकारी सवारी सुविधा नलिएका पौडेलले हाल सम्मको पारिश्रमिकले विद्यालयलाई आवश्यक सामग्री उपलब्ध गराएका हुन् ।

‘शैक्षिक सुधारको लागि जनप्रतिनिधि’ अभियान लिएर उनले विद्यालय भरका सबै बालबालिकालाई शैक्षिक सामग्री र खेलकुद सामग्री प्रदान गर्नुभयो । भोटेकोशीको दुर्गम क्षेत्रमा रहेका बालबालिकाको अवस्था अध्ययन गर्दा शैक्षिक सामाग्रीकोअभाव भएको पाएपछि आफुले यस्तो शैक्षिक अभियान चलाएको पौडेलले बताउनुभयो ।‘गाउँका बालबालिकाले सामाग्री नपाएकाले अध्ययनमा कठिनाई भएको पाइएकाले,  यो अभियान लिएको उहाँले बताउनुभयो । लिस्तीकोट  फुल्पिङकट्टी मार्मिङ तातोपानी जस्ता विकट गाउँका ५ वटा वडा क्षेत्र भोटेकोशीमा रहेका छन् । वडा कार्यालय पुग्न एक दिन लाग्ने भौगोलिक समस्या रहेकाले बालबालिकाको समस्या सहज जनप्रतिनिधि माझ पुग्न नसकेकोले शैक्षिक सामाग्री उपहार लिएर पुगेको उहाँले बताउनु भयो । भोटेकोशीका प्रत्येक विद्यालयमा बालबालिकाले गुनासो गर्ने एउटा कार्यक्रम पनि तय गरिएको छ । बालबालिकाले समस्याबारे सहज खुल्न सकुन् भनेर अभियान थालिएको विद्यालयका प्रधानध्यापकहरुको पनि भनाइ छ । भोटेकोशी ३ दुगुनागढी स्थित गुप्तेश्वरी आधारभुत विद्यालयका पा्रधानध्यापक हरिश्चन्द्र पौडेलले भन्नुभयो।
स्थानीय सरकार आए लगत्तै अध्यक्ष, वडाध्यक्ष, सदस्यले भोटेकोशीका विद्यालयलाई शैक्षिक प्रोत्साहन सहयोग गर्दै आएको उहाँको भनाई छ । अध्यक्षबाट सुरु भएको सहयोगले अन्य स्थानीय तहका जनप्रतिनिधिलाई प्रेरणा मिलेको उहाँले बताउनु भयो ।

, ,