असोज १३मा देश खुल्ला मुक्त घोषणा हुने,मेलम्ची समस्या वार्ताद्वारा समधान गर्नेः मगर


लोकप्रिय समाचार
यही असोज १३ गते नेपाल खुल्ला दिशामुक्त देश घोषणा हुने खानेपानी मन्त्री विना मगरले बताउनु भएको छ। उँहाले ७७ जिल्ला मध्ये ६८ औँ जिल्ला खुल्ला दिसामुक्त सिन्धुपाल्चोक घोषणा गर्दै यस्तो बताउनु भएको हो । आफ्ुले धेरै देशको अवलोकन भ्रमण गरेको र राज्य स्वयमले प्रति शौचालय निर्माणका लागी भारतमा रु. पच्चीस हजारका दरले अनुदान दिन परेको पाएको बताउँदै नेपाली नागरिकहरुले स्वतः आफैँ शौचालय निर्माण गरेर यो अभियानलाई साथ दिएको पाएको बताउनु भयो । नेपाल पत्रकार महासंघका ज्ञानेन्द्र तिमिल्सिना, वडाअध्यक्ष समाजका रामप्रसाद गौतम लगायले आआफ्नो भनाइ राख्नु भएको थियो । नेपाल सरकारको राष्ट्रिय सरसफाई गुरुयोजना २०६८ को रणनीतिक कार्ययोजना अनुरुप देशलाई खुला दिशामुक्त बनाउने अभियान अन्तर्गत जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको हो । २०७२ जेठमा सिन्धुपाल्चोकलाई खुला दिसामुक्त घोषणा गर्ने योजना अनुसार अन्तिम तयारीमा पुगेको बेलामा भुकम्पका कारण रोकिए पछी  पुनः अभियान सञ्चालन भएको थियो । भुकम्पपछि निर्माण भएका निजी आवास निर्माणमा शौचालय विनाको किस्ता सिफारिस रोकिने प्रावधानले गर्दा सिन्धुपाल्चोक खुला दिसामुक्त जिल्ला घोषणा हुन सफल भएको सभापतित्व गर्नु भएका जिल्ला खानेपानी तथा सरसफाइ समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताउनु भयो । कार्यक्रममा जिल्लामा रहेका सहयोगीहरुलाई प्रशंशा पत्र समेत दिइएको थियो ।

उँहाले मेलम्ची खानेपानी आयोजनामा केही सम्स्या भए वार्ताद्धारा समाधान गर्न आफु त यार रहेको बताउँदै काममा बाधा पु¥याउने जो कोहीलाई पनि कार्वाहीको दायरामा ल्याउँने बताउनु भयो।
उँहाले  शुक्रबार आयोजित खुल्ला दिसामुक्त सिन्धुपाल्चोक घोषणा गर्दै यस्तो बताउनु भएको हो । कार्यक्रमका विशेष अतिथी सांसद शेर बहादुर तामाङ्गले मेलम्चीको पानी काठमाण्डौ जाँदै गर्दा जिल्लालाई पनि आधारभुत खानेपानी युक्त जिल्लाको रपमा हुनपर्ने हरेक घरमा पानी आउने धारा हुनपर्ने बताउँदै आफ्नो जिल्लाका नागरिकलाई खानेपानीको समस्याबाट मुक्त गर्न आफ्नो पहलमा गतवर्ष विनियोजन भएको बजेट समेत कटौती भएकोमा दुःख व्यक्त गर्दै सरकारले  खानेपानीको लागी बजेटको व्यवस्था गरिदिन पर्ने बताउनु भयो । नेकपाका केन्द्रय सदस्य माधव सापकोटा सुबोध, नेकपाका इन्चार्ज कृष्ण प्रसाद सापकोटा नेकपाका अध्यक्ष झम्क नेपाल पुर्व माननीय सुभाष कर्मचार्य,चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङ्ग, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, हेलम्बु गाँउपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पा,

 

, , , , , ,