विभिन्न कार्यक्रम सहित चौथोँ संविधान दिवस मनाइयो


लोकप्रिय समाचार

नेपालमा  गणतान्त्रिक संविधान निर्माण भएर लागु भएको चार वर्ष लागी सकेको छ । यस अवसरमा नेपाल सरकारले विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाएको छ । यस सन्दर्भमा सिन्धुपाल्चोक जिल्लामा पनि विविध कार्यक्रम गरि ४ औँ संविधान दिवस भव्य रूपमा मनाईएको छ । विविध कार्यक्रमका साथ संविधान दिवस मनाएको छ ।
विद्यालयका प्रधानाध्यापक क्षेत्रप्रताप अधिकारिका अनुसार संविधान सम्बन्धि जानकारी मुलक अडियो तथा भिडियो प्रदर्शनका साथै औपचारिक रूपमा संविधान विशेष भित्तेपत्रिका प्रकाशन गरिएको  छ । मेलम्ची  नगरपालिकामा ९ मा रहेको सातकन्या माविले भने संविधान दिवसको अवसर पारेर वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरेको शिक्षक सुनिल कुमार भण्डारीले बताउनुभयो । संविधान दिवसकै अवसरमा प्रगति बोर्डिङ स्कुल मेलम्चीले दिपावली सहित विविध कार्यक्रम  सम्पन्न गरेको विद्यालयका अध्यक्ष विजयकृष्ण श्रेष्ठले  जानकारी दिनुभयो ।नेपाल कम्युनिष्ट  पार्टी  चौतारा साँगाचोकगढि नगर कमिटिले विविध कार्यक्रम  गरि संविधान दिवस मनाएको सहईन्चार्ज श्यामकृष्ण श्रेष्ठले  बताउनुभयो।  यसैगरि सुनकोशी गाउँपालिका ६ मा रहेको कोल्दोङदेवी माविले दिप प्रज्वलन सहित सांस्कृतिक  कार्यक्रम  सम्पन्न  गरेको छ। ईन्द्रावती गाउँपालिकाले भने सरसफाई कार्यक्रम गरेर संविधान दिवस मनाएको गाउँपालिका प्रमुख वंशलाल तामाङले लोकप्रिय समाचारलाई बताउनुभयो ।
संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय समारोह समितीका अध्यक्ष जि.स.सका प्रमुख कृष्ण गोपाल तामाङको सभापतित्वमा प्रमुख अतिथी पुर्व कानुन मन्त्री माननीय शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा नेकपाका अध्यक्ष झम्क नेपाल, नेपकाका पार्टी प्रतिनिधि, जिससका उपप्रमुख, चौसागढी नपाका प्रमुख, उपप्रमुख, वार्ड अध्यक्ष लगायत कर्मचारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षाका तीन वटै तह (नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी) का प्रमुख लगायतका टोलीहरु, पत्रकार, जिल्ला स्थित सरकारी गैरसरकारी कार्यलयका प्रमुख तथा कर्मचारीहरु, संघ संस्था, मानव अधिकारवादी, नागरिक समाज र बुद्धिजिवीहरु सबैको व्यापक उपस्थितिमा प्रभातफेरी पश्चात् प्रमुख अतिथीबाट झण्डोत्तोलन गरि कार्यक्रम को उद्घघाटन गरी दिवस मनाइएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ को कार्यालयबाट सुरू भएको प्रभातफेरि कार्यक्रम सहिद मञ्चमा गएर सभामा परिणत भएको  थियो । सभामा बोल्दै प्रमुख अतिथी तथा पुर्व कानुनमन्त्री शेर बहादुर तामाङले संविधान कार्यान्वयनमा कसैले उदासिनता देखाउन नहुने बताउनु भयो । उँहाले यसरी  उदासीनता देखाएमा संविधानको भावना विपरित हुने बताउनुभयो । सभामा पुर्व सांसद द्वय सुवास कर्माचार्य  र कृष्णराज श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख अमानसिंह तामाङ, नेकपाका जिल्ला  अध्यक्ष झम्क नेपाल लगायतले संविधानको विषयमा आ–आफ्ना भनाइ राख्नुभएको  थियो । संविधान दिवसकै अवसरमा गरिएको कविता प्रतियोगितामा  विजयी कविता वाचकहरुलाई प्रमाणपत्र साथै पुरस्कार वितरण गरिएको थियो। यसैगरी मेलम्ची नगरपालिकामा भने नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाको आयोजनामा संविधान कार्यान्वयनमा नागरिकको भुमिका विषयक निबन्ध लेखन प्रतियोगिता गरिएको उपमेयर भगवती नेपालले जानकारी दिनुभयो  ।

, , , , , ,