किशोर किशोरीलाई कानुनी प्रशिक्षण
लोकप्रिय समाचार
चौतारा सागाँचोकगढी नगरपालिका भरि बालविवाह न्यूनीकरण गर्नका लागि सञ्चालन गरिएको कानुनी प्रशिक्षण कार्यक्रम हिजो चौतारामा सम्पन्न भएको छ । बालबालिकाको संवैधानिक मौलिक अधिकार बालबालिका सम्बन्धी कानुनमा ऐन २०७५ मा भएको कानुनी व्यवस्था र न्यायिक अधिकार बालविवाह सम्बन्धी कानुनी व्यवस्था समेतको प्रशिक्षण अधिवक्ता भुपेन्द्र थिङले दिनुभएको थियो।
। हिजो भएको न्यूनीकरण सम्बन्धी कानुनी प्रशिक्षण कार्यक्रममा ३५ जना बालबालिकाहरुले प्रशिक्षण पाएका थिए।प्रशिक्षण पाएका बालबालिकाहरुले आफ्नो टोल समाजमा गएर बालहिंसा, बालविवाहबारे सचेत गराउने छन् भन्ने उद्देश्यले सञ्चालन गरिएको हो । उक्त कार्यक्रम आदिवासी जनजाति महिला उत्थान केन्द्रद्वारा सञ्चालित कानुनी व्यवस्थालाई पुर्ण पालना गरौँ, बालविवाह न्यूनीकरण पारोैँ भन्ने अभियानको साथ सञ्चालन गरिएको हो ।