रेडक्रसको भवन शिलान्यास


राजकुमार लम्साल
लोकप्रिय समाचार
नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाको भवनको शिलान्यस भएको छ । जापनीज रेडक्रसको सहयोगमा सिन्धुपाल्चोक सदरमुकाम चौतारा भवनको शिलान्यस गरिएको हो ।
सोसाइटीको भवन शिलान्यास गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिंह तामाङले रेडक्रसको भवन निमार्ण पछी विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागी समेत सहयोग हुने भन्दै भवन निमार्णका लागी सहयोग गर्ने जापनिज रेडक्रस लाई समेत धन्यवाद दिनु भएको थियो ।
साथै कार्यक्रम मा सम्बोधन गर्दै मेयर तामाङले रेडक्रस सधै अप्ठ्यारो अवस्थामा सक्रिय हुने संस्था भएकोले यसको भवन बन्नु भनेको सबै जिल्ला वासीका लागी खुसीको कुरा भएको बताउनुभयो ।
शाखाको भवन दुई तलाको भवन ८ कोठा हल हितको भवन निमार्ण हुने जिल्ला शाखाका सभापती राजेन्द्रमान ताल्चाभडेलले जानकारी दिनुभयो । साथै सो भवन एक करोड २४ लाख लगानीमा निमार्ण हुन लागेको समेत सभापती ताल्चाभडेलले जानकारी दिनु भयो ।

     

,