चौतारामा बजार अनुगमन, म्याद गुज्रेका सामग्री नष्ट


लोकप्रियसमाचार नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै चौतारामा बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिसिन्धुपाल्चोकको आयोजनामा पहिलो चरणमा दैनिक उपभोग्य वस्तुको अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकृष्ण घिमिरेको नेतृत्वमा गरिएको अनुगमनमा म्याद गुज्रेका सामग्री नष्ट गरिएको थियो । चौतारा बजारका होटल, किराना पसलमा रहेका म्याद गुज्रेका अँटा, विस्कुटलगायत सामग्री नष्ट गरिएको प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।
अनुगमनका क्रममा भेटिएको इन्डियन ढकसमेत जफत गरिएको थियो । प्रदेश नं. ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्धारा प्रकाशित सयूक्त बजार अनुगमन निर्देशिका २०७५ को अनुसूची २ समूह क तर्फको दाखन्न, मासु, तरकारी फलफूल र दैनिक उपभोग्य वस्तु विषयलाई मध्यनजर गरि बजार अनुगमन गरिएको हो ।
‘यो पहिलो चरणको अनुगमन हो,’ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत घिमिरेले भने, ‘जिल्लाका सबै स्थानमा गरेर दिनहुँजसो अनुगमन हुनेछ ।’ व्यवसाय दर्ता, प्यान दर्ता, दैनिक उपभोग्य सामग्रीको म्याद, ढक तराजु, मूल्य सूची, सरसफाईलगायत अनुगमन गरिएको उनले जानकारी दिए । अनुगमनमा प्रशासन कार्यालयसहित, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, खाद्य तथा पोषण सुधार आयोजना, नेपाल पत्रकार महासंघ, चौतारा साँगाचोकगढी नगरपालिका, उद्योग बाणिज्य संघ र घरेलु तथा साना उद्योग विकास समितिका प्रतिनिधिहरुको सहभागी थियो ।

, , , , ,