जिर्ण बन्दै झोलुङ्गे पुलहरु
रुपक पुरी
लोकप्रिय समाचार
यातायातको विकाससङ्गै सिन्धुपाल्चोकमा रहेका झोलुङ्गे पुलहरुमा मान्छे हिँड्न छाडेपछि मर्मत समेत नगरिदिदा जिर्ण वन्दै जान थालेका छन् ।
कुनै समय यातायात र सञ्चारको लागि वरदान सिद्ध यस्ता पुलहरु आधुनिक विकासका साधनले गर्दा ओझेलमा परेको मेलम्चीका गणेश दुलाल बताउनुहुन्छ ।
उहाँको अनुसार आधिकारिक तथ्यांक नभए पनि जिर्ण भएका यस्ता पुलहरु सिन्धुपाल्चोकमा धेरै छन् । यातायातका साधन चल्ने ठाउमा झोलुङ्गे पुलहरु प्रयोगविहिन भएपनि अन्यत्र लगे बाढीवाट अनाहकमा ज्यान गुमाउन नपर्ने भएकाले सरोकारवालाले यसमा ध्यान दिनुपर्ने दुलालको भनाइ छ ।